१९ भाद्र २०८३, शुक्रबार
,
Latest
ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेशसभा बलियो बन्नुपर्छः सभामुख विष्ट



अ+ अ-

विराटनगर: कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले प्रदेशसभा बलियो भएमा सङ्घीयता बलियो हुने बताउनुभएको छ ।

कोशी प्रदेशसभा सचिवालयको सभाहलमा आज सञ्चारकर्मीसँगको भेटघाटमा उहाँले सङ्घीयतामा कुनै प्रश्न उठ्न नदिन र यसको औचित्य सावित गर्न पनि प्रदेशसभा सुदृढ हुनुपर्छ भन्नुभयो ।

उहाँले पत्रकारसँग सुझाव र सल्लाह लिन यो भेटघाटको कार्यक्रम राखेको जनाउँदै आगामी केही दिनमै विषयगत समितिले पूर्णता पाउने र यसका लागि आवश्यक गृहकार्य भइरहेको जानकारी दिनुभयो ।

संसद्सँग आबद्ध संसदीय पत्रकार मञ्चले आवश्यक योजनासहितका कार्यक्रम ल्याउन आग्रह गर्दै यस वर्ष सरकारबाट प्राप्त भएको रु आठ लाख के–कसरी खर्च गर्ने त्यसको विवरणसहितको योजना पेस गर्न आग्रह गर्नुभयो ।

कुनै पनि दलले बहुमत प्राप्त नगरेको कोशी प्रदेशमा सरकार बन्ने र परिवर्तन कार्य बढी भएको भन्दै सभामुख विष्टले विषयगत समितिका सभापति सबै दलको सहमति र सहकार्यबाट टुङ्गो लगाउने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले जनताका आवश्यकता र चाहना सम्बोधन हुने प्रदेशसभालाई अझ प्रभावकारी बनाउन दलहरुसँग पनि गृहकार्य गर्ने बताउनुभयो ।

कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले प्रदेश सभालाई क्रियाशील र खुलापन बनाउन बनाउन सञ्चारकर्मीको सुझाव र सल्लाह महत्वपूर्ण रहेको चर्चा गर्नुभयो ।

सो अवसरका नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका सभापति लीलाबल्लभ घिमिरे, पूर्वअध्यक्ष विक्रम लुइँटेल, महासचिव विवेक गौतम, रासस कोशी प्रदेशका प्रमुख मोहम्मद सदरुल, संसदीय पत्रकार मञ्चका संयोजक कुमार लुइँटेल, पत्रकार अर्जुन आचार्य, सुमन सुस्केरालगायतले सुझाव दिनुभएको थियो ।रासस