११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा

पानी परेपछि मोरङका किसान खुशी

पानी परेपछि मोरङका किसान खुशी
अ अ+ अ-

काठमाडौँ । सुख्खा मौसमबाट चिन्तित बनेका मोरङका किसानले पानी परेपछि राहत महशुस गरेका छन् ।

वायुमण्डलीय तापक्रम वृद्धिसँगै मौसममा आएको परिवर्तनका कारण तरकारी बाली सखाप हुने चिन्तामा रहेका किसान पानी पर्न थालेपछि चिन्तामुक्त बनेका हुन् । कोशी प्रदेशका विभिन्न ठाउँमा केही दिन यता भएको वर्षाका कारण तरकारी बाली जोगिने भएपछि किसानहरूले राहत महशुस गरेका छन् ।

वैशाख महिनाको शुरुवातसँगै देशभरको तापमान उच्च बनेर खडेरीको अवस्था सामना गर्नुपर्दा तरकारी किसान चिन्तित थिए । अस्वभाविक तापमान वृद्धिका कारण तरकारी बाली प्रभावित हुने देखिएपछि हरेस खाइसकेका किसान प्रि–मनसुनको वर्षा शुरु भएपछि हर्षित बनेका हुन् । कृषकहरुले पानी नपर्दा धेरै चिन्ता लागेपनि अहिले पानी परेपछि केही राहत मिलेको बताए ।

मोरङमा किसानहरूले वार्षिक एक लाख ५२ हजार मेट्रिक टनको हाराहारीमा ५६ प्रकारका तरकारी उत्पादन गर्दछन् । जसमा काँक्रा, लौका, पर्वल, गोलभेडा, बोडी र खुर्सानी लगायत आठदेखि नौ प्रकारका तरकारी उत्पादन यही सिजनमा हुन्छ ।

तर पछिल्लो समय वर्षा नभएर खडेरी लागेपछि बालीको वृद्धि विकासमा अवरोध र किरा लाग्ने लगायतका समस्या देखिएको थियो । वर्षा शुरु भएसँगै यस पटकको तरकारी उत्पादन पनि राम्रो हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र मोरङका सूचना अधिकारी आदर्शकुमार सिंहले बताउनु भयो ।

उहाँले पानी परेसँगै किसान र कृषिजन्य उत्पादनमा राहत मिलेको बताउनु भयो । मोरङमा भने कुल १० हजार ११३ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको छ ।