• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

कामना सेवा विकास बैंकको नाफा १७८.५७ प्रतिशतले बढ्यो



काठमाडौं । कामना सेवा विकास बैंकको नाफा १७८.५७ प्रतिशतले बढेको छ । 

कामना सेवाको प्रति सेयर आम्दानी ३०.७१ रुपैयाँ रहेको छ । बैंकको स्प्रेड दर ४.९९ प्रतिशत छ भने आधार ब्याजदर ९.०६ प्रतिशत छ । खराब कर्जा १.५९ प्रतिशत रहँदा कस्ट अफ फण्ड ६.४८ प्रतिशत छ । 

बैंकको वितरण योग्य नाफा पनि २७ करोड रुपैयाँ पुगेको छ । २ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४९ करोड रुपैयाँ रहेको छ । बैंकले यो अवधीमा ३८ अर्ब निक्षेप संकलन गरेर ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खुद ब्याज आम्दानी ६८ करोड रुपैयाँ कायम छ । 

बैंकको चालु आर्थिक वर्ष २०७७/७८ को पुस मसान्त अवधीमा १७८.५७ प्रतिशतले नाफा बढाएर ३९ करोड रुपैयाँ पुर्याएको हो । आव २०७६/७७ को पुस मसान्त अवधीमा बैंकको त्यस्तो नाफा जम्मा १४ करोड रुपैयाँ मात्रै थियो । अर्थात बैंकले २५ करोड रुपैयाँले नाफा वृद्धि गर्न सफल भएको छ ।