९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामना सेवा विकास बैंकको नाफा १७८.५७ प्रतिशतले बढ्यो



अ+ अ-

काठमाडौं । कामना सेवा विकास बैंकको नाफा १७८.५७ प्रतिशतले बढेको छ । 

कामना सेवाको प्रति सेयर आम्दानी ३०.७१ रुपैयाँ रहेको छ । बैंकको स्प्रेड दर ४.९९ प्रतिशत छ भने आधार ब्याजदर ९.०६ प्रतिशत छ । खराब कर्जा १.५९ प्रतिशत रहँदा कस्ट अफ फण्ड ६.४८ प्रतिशत छ । 

बैंकको वितरण योग्य नाफा पनि २७ करोड रुपैयाँ पुगेको छ । २ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४९ करोड रुपैयाँ रहेको छ । बैंकले यो अवधीमा ३८ अर्ब निक्षेप संकलन गरेर ३१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खुद ब्याज आम्दानी ६८ करोड रुपैयाँ कायम छ । 

बैंकको चालु आर्थिक वर्ष २०७७/७८ को पुस मसान्त अवधीमा १७८.५७ प्रतिशतले नाफा बढाएर ३९ करोड रुपैयाँ पुर्याएको हो । आव २०७६/७७ को पुस मसान्त अवधीमा बैंकको त्यस्तो नाफा जम्मा १४ करोड रुपैयाँ मात्रै थियो । अर्थात बैंकले २५ करोड रुपैयाँले नाफा वृद्धि गर्न सफल भएको छ ।