३० जेष्ठ २०८३, शनिबार
,
Latest
भेरी अस्पतालको एनआईसीयू  शय्या विस्तार गरिँदै डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन काठमाडौँका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना फिफा विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी सिंहदरबारको केन्द्रीय क्यान्टिनमा घुन लागेको दाल, ओसिएको बदाम र फुटेको अण्डा ! अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु



अ+ अ-

कैलाली । कैलालीको कैलारी गाउँपालिका–८ लोहरपुर तेडी बाध नदीमा नुहाउने क्रममा आज दुई बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कैलारी –८ लोहरपुरका सात वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साउँदको रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सरस्वती अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बालक खड्काको घटनास्थलमै र बालिका साउँदको सेती प्रादेशिक अस्पताल मृत्यु भएकोे हो । दुवैको शव सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।