५ पुष २०८२, शनिबार
,
Latest
नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्छ–एमाले राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेविसंघका केन्द्रीय सदस्य र जिल्ला सभापतिले पत्रकारलाई ज्यान मार्ने धम्की दिएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण



अ+ अ-

काठमाडौँ । समाचारको विषयलाई लिएर नेपाल प्रोफिट डटकमका सम्पादक डुन्डुराज आचार्य (डिआर)लाई नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य र जिल्ला सभापतिले ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण भएको छ ।

उक्त अनलाइनमा २०८१ साल वैशाख १६ गते सम्प्रेषित ‘कांगेस नेता र मन्त्रीका पिएको कमाउ धन्धा, दक्षिण कोरिया पठाइदिन्छु भन्दै करिब चार सय युवाबाट करोडौँ असुली’ शीर्षक समाचारलाई लिएर नेविसङ्घका केन्द्रीय सदस्य भूपेन्द्रसिंह थेवेले ज्यान मार्ने धम्की दिनाका साथै नेविसङ्घ सङ्खुवासभा सभापति चिरञ्जीवी श्रेष्ठले ‘जे पनि हुनसक्छ’ भन्दै धम्की दिएको जानकारीसहित सम्पादक आचार्यले महासङ्घमा निवेदन दिनुभएको थियो ।

सम्प्रेषित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो भए त्यसउपर कानुनी उपचारमा जान सकिने तथा प्रेस काउन्सिल नेपालमा उजुरी दिन सकिने प्रचलित प्रावधान छ । “त्यसलाई बेवास्ता गर्दै नेविसङ्घजस्तो जिम्मेवार सङ्घका जिम्मेवार व्यक्तिबाट यस किसिमले धम्क्याएको घटना प्रेस स्वतन्त्रताविरुद्ध हुनाका साथै अत्यन्त निन्दनीय हर्कत हो”, महासङ्घद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

पत्रकारलाई हतोत्साहित र त्रसित बनाउने यस्ता आपराधिक मनसाययुक्त कार्यमा संलग्नमाथि कानुनबमोजिम कारबाही गरी पत्रकारलाई निर्बाध, निर्भिक र सुरक्षित रुपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गर्दै महासङ्घले संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकारको ख्याल गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।