२० मंसिर २०८२, शनिबार
,
Latest
कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएल प्लेअफमा पुग्ने पहिलो टोली बन्यो कोलकाता, मुम्बईलाई १८ रनले हरायो



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग–२०२४ को ६० औं खेलमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेको छ । योसँगै टोली चालु सिजनको प्लेअफमा प्रवेश गरेको छ । केकेआर यो सिजन प्लेअफमा पुग्ने पहिलो टोली हो ।

टोली आठौं पटक यस लिगको प्लेअफमा प्रवेश गरेको छ । कोलकाताले सिजनमा मुम्बईलाई दोस्रो पटक पराजित गरेको हो । शनिबार कोलकातामा वर्षाका कारण यो खेल १६–१६ ओभरको खेलाइएको थियो ।

घरेलु मैदान इडेन गार्डेन स्टेडियममा टस हारेर ब्याटिङ गरेको कोलकाताले १६ ओभरमा ७ विकेट गुमाएर १५७ रन बनाएको थियो । जवाफमा मुम्बई इन्डियन्सले १६ ओभरमा ८ विकेट गुमाएर १३९ रनमात्रै बनाउन सक्यो । वरुण चक्रवर्ती प्लेयर अफ द म्याच भए । उनले ४ ओभरमा १७ रन दिएर २ विकेट लिए ।

केकेआरका लागि वेंकटेश अय्यरले ४२ रन बनाए भने आन्द्रे रसेलले २४ र नितिश राणाले ३३ रन बनाए । पियुष चावलाले २ विकेट लिए ।

एमआईका लागि इशान किशनले सर्वाधिक ४० रन बनाए । उनले रोहित शर्मासँग ६५ रनको साझेदारी गरे । तिलक वर्माले ३२ रन बनाए । बरुण चक्रवर्ती, आन्द्रे रसेल र हर्षित राणाले २–२ विकेट लिए ।

टस हारेर ब्याटिङ गरेको कोलकाताको सुरुवात खराब रह्यो । टिमले पावरप्लेमा ५ ओभरमा ४५ रन बनाएर ३ विकेट गुमाएको थियो ।

कोलकातालाई ४० रनमा तेस्रो झट्का लाग्यो । यहाँबाट मध्यक्रमका ब्याट्सम्यानले कमाण्ड सम्हाल्दै स्कोरलाई १५७ मा पुर्याए । वेंकटेश अय्यरले ४२, नितिश राणाले ३३, आन्द्रे रसेलले २४ र रिंकु सिंहले २० रन बनाए ।

१५८ रनको लक्ष्य पछ्याएको मुम्बईले राम्रो सुरुवात गरेको थियो । रोहित शर्मा र इशान किशनले ४२ बलमा ६५ रनको साझेदारी गरे । पावरप्लेमा टिमले कुनै विकेट नगुमाई ५९ रन बनाएको थियो ।

पावरप्लेपछि मुम्बईले लगातार विकेट गुमाएको थियो । टोलीलाई पहिलो झट्का ६५ रनमा परेको थियो । त्यसपछि १६ ओभरमा १३९ रन बनाएर ८ विकेट गुमाएको थियो ।