७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल

विश्व स्तनपान सप्ताह आजदेखि

विश्व स्तनपान सप्ताह आजदेखि
अ+ अ-

काठमाडौँ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका संस्थाको सहयोगमा प्रत्येक वर्ष अगष्टको पहिलो सातामा मनाइने विश्व स्तनपान सप्ताह आजदेखि सुरु भएको छ ।

यस वर्ष ‘जीवनको दिगो सुरुआतका लागि स्तनपानः प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाऔँ ’ नाराका साथ स्तनपान सप्ताह मनाइँदै छ । अभियानले स्तनपान प्रवर्द्धनका लागि प्रभावकारी अभ्यासलाई निरन्तरता दिँदै आमा र नवजात शिशुलाई स्वास्थ्य प्रणाली, समुदाय, कार्यस्थल तथा सरकारी नीतिमार्फत सहयोग गर्नुपर्नेमा जोड दिएको छ ।

डब्ल्युएचओका अनुसार विश्वका विभिन्न मुलुकमा अझै पनि धेरै आमा र परिवारले स्तनपानलाई सहज बनाउने आवश्यक स्वास्थ्य सेवा, परामर्श र सहयोग प्राप्त गर्न सकेका छैनन् । यद्यपि स्तनपान शिशुको स्वास्थ्य संरक्षण गर्ने सबैभन्दा सरल र प्रभावकारी उपायमध्ये एक हो । यसले शिशुलाई आवश्यक पोषण प्रदान गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने, गम्भीर रोगबाट जोगाउने तथा मस्तिष्कको विकासमा महत्वपूर्ण योगदान पु¥याउँछ ।

स्तनपानले आमाको स्वास्थ्यमा पनि महत्वपूर्ण लाभ पु¥याउने डब्ल्युएचओले जनाएको छ । नियमित स्तनपानले स्तन तथा डिम्बाशयको क्यान्सर र ‘टाइप–२’ मधुमेहजस्ता नसर्ने रोगको जोखिम घटाउन सहयोग पुग्ने उल्लेख गरिएको छ।

विश्वव्यापी रूपमा स्तनपानको दरमा सुधार हुँदै गएको छ । सन् २०१२ मा करिब ३७ प्रतिशत रहेको जन्मदेखि छ महिनासम्मको पूर्ण स्तनपानको दर हाल ४७ प्रतिशतभन्दा माथि पुगेको छ । त्यसैगरी, दुई वर्षसम्म स्तनपान गराइने बालबालिकाको अनुपात पछिल्ला पाँच वर्षमा ३८ प्रतिशतबाट ५० प्रतिशत पुगेको छ । यी उपलब्धिले आमा र परिवारलाई लक्षित नीति तथा कार्यक्रममा गरिएको लगानी प्रभावकारी भएको देखाएको डब्ल्युएचओ र युनिसेफले जनाएका छन् ।

यद्यपि धेरै मुलुकमा प्रगति अझै असमान रहेको, स्तनपानसम्बन्धी सेवा पर्याप्त विस्तार हुन नसकेको, सम्बन्धित नीतिको प्रभावकारी कार्यान्वयन हुन नसकेको तथा विशेषगरी न्यून आय भएका, द्वन्द्व प्रभावित र मानवीय सङ्कट झेलिरहेका क्षेत्रमा सेवाको गुणस्तर कमजोर रहेको जनाइएको छ ।

डब्ल्युएचओ र युनिसेफका अनुसार स्वास्थ्य संस्थामार्फत दक्ष स्तनपान परामर्श, समुदायमा आधारित परामर्श सेवा, सशुल्क प्रसूति बिदा, स्तनपानमैत्री कार्यस्थल तथा आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने व्यावसायिक दूधको अनियन्त्रित प्रवर्द्धनमाथि प्रभावकारी नियन्त्रणजस्ता उपाय स्तनपान प्रवर्द्धनका सबैभन्दा प्रभावकारी र लागत–उपयुक्त उपाय हुन् ।

यस्ता कार्यक्रमको विस्तार गर्न सके प्रत्येक वर्ष करिब चार लाख बालबालिका र एक लाख ४० हजार आमाको ज्यान जोगाउन सकिने अनुमान डब्ल्युएचओले गरेको छ ।

स्तनपान प्रवर्द्धनमा गरिएको प्रत्येक एक अमेरिकी डलर बराबरको लगानीबाट स्वास्थ्य उपचार खर्चमा कमी, बालबालिकाको बौद्धिक विकास, शैक्षिक उपलब्धि र भविष्यको आम्दानीमा सुधारमार्फत करिब ५९ अमेरिकी डलर बराबरको आर्थिक प्रतिफल प्राप्त हुने आकलन गरिएको छ ।

यस वर्षको सप्ताहका अवसरमा डब्ल्युएचओ र युनिसेफले मातृ तथा नवजात शिशुका लागि गुणस्तरीय स्तनपान सेवा विस्तार गर्न, समुदायमा आधारित परामर्श कार्यक्रम सुदृढ बनाउन, आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने उत्पादनको अन्तरराष्ट्रिय आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न, सशुल्क प्रसूति बिदा र स्तनपानमैत्री कार्यस्थल सुनिश्चित गर्न तथा गर्भावस्था, प्रसूति र प्रसूतिपछिका स्वास्थ्य सेवासँग स्तनपान प्रवर्द्धनलाई एकीकृत गर्न सबै देशलाई आग्रह गरेका छन् ।

डब्ल्युएचओले सन् २०१८ मा विश्व स्वास्थ्यसभाले विश्व स्तनपान सप्ताहलाई स्वास्थ्य प्रवर्द्धनको महत्वपूर्ण रणनीतिका रूपमा अनुमोदन गरेको स्मरण गराउँदै प्रत्येक बालबालिकाले जीवनको उत्कृष्ट सुरुआत पाउने र प्रत्येक आमाले आवश्यक सहयोग तथा सेवा प्राप्त गर्ने वातावरण निर्माणका लागि सरकार, स्वास्थ्य संस्था, रोजगारदाता, समुदाय र परिवारको साझा प्रतिबद्धता आवश्यक रहेको जनाएको छ । रासस