५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर सिटी प्रिमियर लिगको शीर्षस्थानमा उक्लियो



अ+ अ-

काठमाडौँ । म्यान्चेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । भर्खरै सम्पन्न खेलमा सिटीले फुलहमलाई उसकै घरेलु मैदानमा ४–० गोलले हरायो ।

सिटीको जितमा होस्को जिभ्राडिओलले २ तथा फिल फोडेन र युलियन अल्भारेजले १–१ गोल गरे । खेलको १३ औं मिनेटमा जिभ्राडिओलले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

५९ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । ७१ औं मिनेटमा जिभ्राडिओलले व्यक्तिगत दोस्रो तथा सिटीका लागि तेस्रो गोल गरे । यस्तै, खेल सकिनै लाग्दा इन्जुरी समयमा अल्भारेजले पेनाल्टीमा गोल गर्दै सिटीलाई ४–० को जित दिलाए ।

जितसँगै सिटी अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । सिटीको ३६ खेलबाट ८५ अंक छ । दोस्रो स्थानको आर्सनलको समान खेलबाट ८३ अंक छ । पराजित फुलहम ३७ खेलबाट ४४ अंकसहित १३ औं स्थानमा छ ।