१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा भोटेकोसी बाढी: उद्धारमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई जोखिम भत्ता दिइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गधाबाट मानिसले यस्ता कुराहरु सिक्नुपर्छ



अ+ अ-

एजेन्सी । आचार्य चाणक्यले जीवनमा सफलता प्राप्त गर्न धेरै कुरामा जोड दिएका छन् । उनले जनावरका केही गुण अपनाएमा मानिस सजिलै सफलताको शिखरमा पुग्न सक्ने कुरामा जोड दिन्छन् ।

आचार्य चाणक्य भन्छन् भगवानले हरेक प्राणीमा यस्ता धेरै गुणहरू दिएका छन्, जसबाट मानिसले अवश्य केही सिक्न सक्छ । गधामा पनि यस्ता धेरै गुण छन् जसबाट मानिसले सिक्नुपर्छ।

आलस्य हटाउनुहोस्ः आचार्य चाणक्यका अनुसार थकाइ लागे पनि गधा बोझ बोक्नबाट पछि हट्दैन। त्यसैगरी मानवले पनि पूर्ण समर्पणका साथ आफ्नो काममा लाग्नुपर्छ, असफलताले छुन सक्नेछैन ।

परिस्थिति अनुकूलः आचार्य चाणक्यका अनुसार गर्मी होस् वा जाडो, गधा हरेक मौसममा दृढ रहन्छ र आफ्नो काम पूरा गर्दछ। त्यसैगरी मानिसले परिस्थितिसँग कहिल्यै आत्तिनु र हार मान्नु हुँदैन ।

सन्तुष्ट हुनुः चाणक्यका अनुसार गधा जे पाउँछ, त्यसैमा सन्तुष्ट हुन्छ, मानिस पनि त्यसैगरी सन्तुष्ट हुनुपर्छ । धेरैको चाहनामा दुखी रहनु हुँदैन ।

कडा परिश्रम गर्नः गधा कहिल्यै कडा परिश्रमबाट पछि हट्दैन । आचार्य चाणक्यका अनुसार यदि मानिसले गधाको यो गुण आफ्नो जीवनमा धारण गर्छ भने ऊ कहिल्यै असफल हुँदैन ।




भर्खरै