२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’ सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

छिमेकी देशमध्ये सबैभन्दा पहिलो नम्बरमा नेपाललाई राख्दै भारतले साताभित्रै कोरोना खोप पठाउने



अ+ अ-

काठमाडौं । भारतले केही साताभित्रै नेपाललगायतका छिमेकी देशहरूमा कोरोनाविरुद्धको खोप पठाउने भएको छ । यसलाई भारतले आफ्नो ‘खोप कूटनीति’ भनेको छ । ‘भारतले शुरुमा आफ्ना छिमेकी राष्ट्र र त्यसपछि अन्य देशका लागि खोप निर्यात गर्नेछ । छिमेकी देशमध्ये सबैभन्दा पहिलो नम्बरमा नेपाललाई राखिएको छ।’ –भारतको भ्रमण सकेर फर्केका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भनाइ भन्दै स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

भारतले विश्वकै ठूलो संक्रमण रोग कोरोनाविरुद्धको खोप गत शनिबारदेखि शुरु गरेको छ । भारतमा पहिलो दिनमै २ लाखभन्दा धेरै मानिसलाई खोप लगाइएको छ । शुरुमा ३ करोड सरसफाइकर्मी र स्वास्थ्यकर्मीलाई खोप लगाइने योजना भारतले बनाएको छ । त्यसका लागि सेरम इन्स्टिच्युटको ‘कोभिसिल्ड’ र भारत बायोटेकको ‘कोभ्याक्स’ दुवै खोप प्रयोगमा ल्याइएको छ । नेपालले पनि ‘कोभिसिल्ड’लाई आपत्कालीन प्रयोगका लागि स्वीकृति दिइसकेको छ । भारतले नेपालसँगै भुटान, बंगलादेश, म्यानमार, श्रीलंका, अफगानिस्तान, माल्दिभ्सलगायतका देशमा पहिलो चरणको खोप निर्यात गर्ने जनाएको छ । त्यसपछि मात्रै भारतले तेस्रो देशमा खोप निर्यात गर्ने जनाइएको छ ।

नेपालले अहिले भारत सरकारसँग मात्रै खोप किन्ने प्रस्ताव अघि सारेको बुझिएको छ । तर अन्य देशहरुले भने कम्पनीसँग नै सम्झौता गरिसकेका छन् । म्यानमारले सेरम इन्स्टिच्युटसँग खोप किन्ने सम्झौता गरिसकेको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले श्रीलंकाको नेतृत्वसँग पनि खोप पठाउन प्रतिबद्धता गर्नुभएको छ ।

भारतले छिमेकी देशलाई निर्यात गर्ने खोपको मूल्य धेरै महँगो नहुने र सकभर भारतमै उपलब्ध मूल्यमा दिने योजना बनाइरहेको विदेश मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री ज्ञवालीलाई प्रधानमन्त्री मोदीको सन्देश सुनाउँदै जय शंकरले नेपालमा पहिलो प्राथमिकताका साथ खोप पठाउन भारत प्रतिबद्ध रहेको बताउनुभएको स्रोतले जनाएको छ ।

नेपालले सम्बन्धित मुलुकको सरकारसँगै सम्झौता गरेर खोप किन्ने नीति अख्तियार गरेको छ भने निजीक्षेत्रलाई पनि खोप किन्न अनुमति दिएको छ । भारतमा कोरोना खोप लगाएकामध्ये केहीमा त्यसको सामान्य असर देखिएको जनाइएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार ४ सय ४७ जनामा खोपको नकारात्मक असर देखिएको छ । त्यसलाई चिकित्सकहरूले एईएफआई (एडभर्स इभेन्ट्स फ्लोइङ इम्युनाइजेसन) भनेका छन् । त्यसबाट कोही पनि गम्भीर नभएको बताइएको छ । नेपाल समाचारपत्र दैनिक