• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेस संसदीय दलको बैठक बस्दै ★   काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, बाढीका चेतावनी ★   पोर्चुगललाई पेनाल्टीमा हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा ★   दम्भभित्र लुकेको प्रधानमन्त्री दाहालको ‘अ’विश्वासको मत ★   जर्मनीलाई हराउँदै स्पेन युरो कपको सेमिफाइनलमा ★   लेबर पार्टीले ‘बेलायतको पुनर्निर्माण’ गर्नेछ– नवनियुक्त प्रधानमन्त्री स्टार्मर ★   समाजवादीको महाधिवेशन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम

ललितपुरको महालक्ष्मीमा एक दम्पति मृत भेटिए



काठमाडौं । काठमाडौं उपत्यकामा  एक दम्पती घरभित्रै मृत भेटिएका छन्। सोमबार राजविराज घर भई ललितपुरको महालक्ष्मी नगरपालिका-७, चाँगाथलीमा डेरा गरी बस्ने   एक दम्पती घरभित्रै मृत भेटिएका हुन् । 

महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख (एसएसपी) किरण बज्राचार्यका अनुसार ३२ वर्षीय सागर पोखरेल र उनकी श्रीमती निर्मला पोखरेल मृत भेटिएका हुन्। दम्पती मृत भेटिदाँ अहिले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बज्राचार्यले बताइन्।

मृतक दम्पतीको कोठाभित्र स्लफर नामको विषादीको बट्टा भेटिएको प्रहरीले जनाएको छ । विषादीको बट्टा फेला परेका कारण आत्महत्या गरेका हुनसक्ने भन्दै अनुसन्धान सोही दिशामा केन्द्रित रहेको प्रहरीले जनाएको छ ।