२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित उच्च मुद्रास्फीतिका बाबजुद बङ्गलादेश महत्वाकाङ्क्षी वृद्धिका लागि आशावादी बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन: सुकुम्बासी परिवारसँग मागे माफी विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ विश्वकप उद्घाटनसँगै विवाद सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेभरकुसेन युरोपा लिगको फाइनलमा, अन्तिम समयमा रोमाञ्चक बराबरी



अ+ अ-

काठमाडौँ । ४९ खेलमा अपराजित रहँदै कीर्तिमान कायम गरेको जर्मन क्लब बायर लेभरकुसेन युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा इटालियन क्लब रोमासँग २–२ गोलको बराबरी खेल्दै एग्रिगेटमा ४–२ को नतिजासहित लेभरकुसेनले फाइनलको टिकट काटेको हो ।

घरेलु मैदानमा २–० गोलले पछि परेको अवस्थामा लेभरकुसेनले पुनरागमन गर्दै बराबरी गरेको हो । खेलको ४३ औं मिनेटमा र ६६ औं मिनेटमा लियान्ड्रो परेडेसले दुबै गोल पेनाल्टीमार्फत गर्दै रोमालाई २–० ले अघि बढाएका थिए ।

तर, ८२ औं मिनेटमा रोमाका जियानलुका मान्सीनीले आत्मघाती गोल गरेपछि लेभरकुसेन १–२ को नतिजामा आयो । यस्तै खेल सकिनै लाग्दा इन्जुरी समयमा ९०+७ औं मिनेटमा जोसीप स्टानीसीचले गोल गर्दै लेभरकुसेनलाई हारबाट जोगाए ।

लेभरकुसेनले उपाधिका लागि एटलान्टासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल मे २३ मा हुनेछ ।