२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पञ्जाब आईपीएल प्लेअफको दौडबाट बाहिर, बैंगलोरको लगातार चौंथो जित



अ+ अ-

काठमाडौँ । पञ्जाब किंग्स इन्डियन प्रिमियर लिग–२०२४ को प्लेअफको दौडबाट बाहिरिएको छ । आफ्नै घरेलु मैदानमा रोयल च्यालेन्जर्स बैंगलोरसँग टोली ६० रनले पराजित भएको थियो ।

पञ्जाब यो सिजन लिग चरणबाट बाहिरिने दोस्रो टोली बनेको छ । २ दिनअघि हार्दिक पाण्ड्याको कप्तानीमा रहेको मुम्बई इन्डियन्स लखनउमाथि हैदरावादको जितसँगै बाहिरिएको थियो ।

बिहीबार, आरसीबीले सिजनमा दोस्रो पटक पीबीकेएसलाई पराजित गर्यो। बैंगलोरको यो लगातार चौथो जित हो । यो जितसँगै आरसीबी १० अंकसहित अंक तालिकाको सातौं स्थानमा पुगेको छ । योसँगै टोलीले प्लेअफमा पुग्ने आशा जीवित राखेको छ । अब बैंगोरले अन्तिम दुई खेल जित्नुपर्नेछ । यसका बाबजुद पनि आरसीबी अन्य टोलीको नतिजामा भर पर्नु पर्नेछ ।

धर्मशालास्थित एचपीसीए रंगशालामा भएको खेलमा पञ्जाबले टस जितेर बलिङ रोजेको थियो । आरसीबीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २४१ रन बनायो । यो धर्मशाला मैदानमा आईपीएलको उच्च स्कोर हो । रन पछ्याउने क्रममा पञ्जाब १७ ओभरमा १८१ रन बनाएर अलआउट भयो । खेलको प्लेयर अफ द म्याच विराट कोहली भए । उनले ४७ बलमा ९२ रन बनाए ।

आरसीबीका तर्फबाट विराट कोहलीले ९२, रजत पाटीदारले ५५ र क्यामरुन ग्रीनले ४६ रन बनाए । पञ्जाबका हर्षल पटेलले ३ तथा विद्वत कावेरप्पाले २ विकेट लिए ।

पिबिकेएसका रिले रुसोले ६१ रन बनाए । शशांक सिंहले ३७, जोनी बेयरस्टोले २७ र साम करनले २२ रन मात्र बनाउन सके । बैंगलोरका मोहम्मद सिराजले ३ विकेट लिए । कर्ण शर्मा, स्वप्निल सिंह र लोकी फर्गुसनले २–२ विकेट लिए ।