४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

नेकपा र कांग्रेस कार्यकर्ताबीच राडी बजारमा झडप, ९ राउन्ड हवाई फायर

नेकपा र कांग्रेस कार्यकर्ताबीच राडी बजारमा झडप, ९ राउन्ड हवाई फायर
अ+ अ-

रुकुम पश्चिम । रुकुम पश्चिममा नेपाल कम्युनिस्ट पार्टी नेकपा (दाहाल–नेपाल समूह) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप झडप भएको छ। जिल्लाको आठबीसकोट नगरपालिका(९ स्थित राडी बजारमा सोमबार बेलुकीदेखि दुइ दलका कार्यकर्ताबीच झडप भइरहेको हो ।

पटकपटक झडप भएपछि प्रहरीले २ राउन्ड एसएलआर र ७ राउण्ड थ्री नट थ्री राइफलबाट गरी ९ राउन्ड हवाई फायर गरेको छ भने १ राउन्ड अश्रु ग्यास प्रहार गरेको छ । स्थिति नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मीको टोली आठबीसकोट गइरहेको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले अवस्था नियन्त्रणमा लिन प्रयास भइरहेको जानकारी दिए ।

आफ्ना कार्यकर्ता लाई कांग्रेसले आफ्नो पार्टीमा प्रवेश गराएको विषय लाई लिएर योजनाबद्ध तरिकाले हातहतियार सहित झडपमा उत्रिएको कांग्रेस जिल्ला उपसभापति धिरेन्द्र बटालाले जानकारी दिनुभयो। बटालाको अनुसार छ्लफलका लागी इलाका प्रहरी कार्यालयमा उपस्थित भएका वडा अध्यक्ष सहित ४ जनालाई खुकुरी प्रहार गरेको उहाँको भनाई छ ।

त्यस्तै प्रहरीले दुई वडा अध्यक्ष सहित अर्का एक जनालाई नियन्त्रणमा लिएको छ। अहिले सो क्षेत्रमा थप सुरक्षार्थ प्रहरी परिचालन गरिएको छ।