११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा भोटेकोशी बाढीः खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन वैकल्पिक लाइनबाट नुवाकोटका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भोटेकोशी बाढीपीडितका लागि कांग्रेसद्वारा सहयोग अभियान भोटेकोशी बाढी : तनहुँमा भेटिएका नौ शव पोखरा ल्याइयो निजी हेलिकप्टर उडानमा कडाइ, सरकारी समन्वयबिना खोज तथा उद्धार नगर्न निर्देशन बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह पश्चिम नवलपरासीमा पाँच शव फेला रसुवामा बाढी : सेनाद्वारा १२३ जनाको उद्धार, टनेलमा फसेका सात जनाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा वत्तीको जोहो गर्दै ऊर्जा मन्त्रालय, पाँच सयवटा सोलार पावर बैंक पठाउँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक १९.३७ अंकले उकालो



अ+ अ-

काठमाडौं । बुधबार कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक १९.३७ अंकले उकालो लागेर २३४६.२७ विन्दुमा पुगेको छ ।   

यस दिन बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ८३ प्रतिशतले बढेको हो ।  यस अवधिसम्म नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २७ करोड ३८ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. २ हजार ८४६ मा कारोबार भइरहेको छ ।

पहिलो घण्टाको अवधिमा १९६ ओटा कम्पनीको १३ हजार ०६० पटकको कारोबारमा २६ लाख ९२ हजार ९६५ कित्ता शेयरको रू.१ अर्ब ४५ करोड ६ लाख ७० हजार बराबरको खरीदविक्री भएको छ । कारोबारको पहिलो घण्टामा वेष्ट फाइनान्स, कर्पोरेट डेभलपमेण्ट बैंक, नारायणी विकास बैंक, नेपाल फाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स, रिलायन्स फाइनान्स र सप्तकोशी डेभलपमेण्टको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव ११ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त, जीवन बीमा समूहको परिसूचक बढेको छ ।