• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

बुधबार शेयर बजारमा सामान्य करेक्सन, १५.८७ अंकले बढ्यो नेप्से



काठमाडौं । बधबार शेयर बजार सामान्य करेक्सन भएको छ । यस दिन नेप्से परिसूचक १५.८७ अंक बढेर २ हजार ३४२ दशमलव ७६ विन्दुमा पुगेको हो । 

बुधबार कारोबार रकम भने घटेको छ । यस दिन रू. ६ अर्ब २१ करोड ९ लाख ६६ हजार बराबरको १ करोड ५९ लाख ८१ हजार ९५२ कित्ता शेयर कारोबार भएको छ । सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव १८ अंक बढेर ४४३ विन्दुमा पुगेको छ । 

बुधबारको कारोबारमा २११ वटा कम्पनीको ५३ हजार ३३४ पटकको व्यापारमा भएको छ । यो दिनको कारोबारमा १२ ओटा समूहमध्ये ५ वटा समूहको परिसूचक घटेको छ भने ७ समूहको परिसूचक बढेको छ । बुधबारको बजारमा होटल समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् भने जीवन बीमा समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । होटल समूहको परिसूचक सर्वाधिक १ दशमलव १२ प्रतिशत घटेको छ भने जीवन बीमा समूहको परिसूचक सर्वाधिक ४ दशमलव ६७ प्रतिशत बढेको छ । यस दिन वित्त समूहको ४ दशमलव २६ प्रतिशत, जलविद्युतको ३ दशमलव शून्य ५ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ७३ प्रतिशत, लघुवित्तको शून्य दशमलव ७६ प्रतिशत, म्यचुअल फण्डको शून्य दशमलव १३ प्रतिशत र विकास बैंकको शून्य दशमलव शून्य ८ प्रतिशत परिसूचक बढेको हो ।

बुधबार १५ वटा कम्पनीको शेयरमूल्यमा ९ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ । यस दिन बेष्ट फाइनान्सको ९ दशमलव ९४ प्रतिशत, कर्पोरेट डेभलपमेण्ट बैंकको ९ दशमलव ९३ प्रतिशत, ग्रीन डेभलपमेण्ट बैंकको ९ दशमलव ८८ प्रतिशत, सप्तकोशी डेभलमेण्ट बैंकको ९ दशमलव ८८ प्रतिशत, नारायणी डेभलपमेण्ट बैंकको ९ दशमलव ८७ प्रतिशत, नेपाल फाइनान्सको ९ दशमलव ७६ प्रतिशत, प्रभु लाइफको ९ दशमलव ७५ प्रतिशत, नेपाल हाइड्रो डेभलोपरको ९ दशमलव ७५ प्रतिशत, कर्णाली डेभलपमेण्ट बैंक ९ दशमलव ७४ प्रतिशतले शेयरमूल्य बढेको छ ।

यसैगरी श्री इन्भेष्टमेण्ट फाइनान्सको ९ दशमलव ७२ प्रतिशत, रिलायन्स फाइनान्सको ९ दशमलव ६० प्रतिशत, सेञ्ट्रल फाइनान्सको ९ दशमलव ५५ प्रतिशत, सिन्धु विकास बैंक ९ दशमलव ४७ प्रतिशत, प्रोग्रेसिभ फाइनान्सको ९ दशमलव शून्य ९ प्रतिशत र महिला सहयात्रा माइक्रोफाइनान्सको ९ दशमलव शून्य ५ प्रतिशतले शेयरमूल्य बढेको छ ।  

यस दिन कुल कारोबारमा सर्वाधिक हिस्सा नेपाल लाइफ इन्स्योरेन्सले ओगटेको छ । बुधबार नेपाल लाइफको रू. ६१ करोड ४० लाख ८९ हजार बराबरको शेयर कारोबार भएको छ । कम्पनीको शेयरमूल्य पनि ७ दशमलव २९ प्रतिशतले बढेको छ । प्रतिकित्ता रू. १९६ ले बढेर नेपाल लाइफ इन्स्योरेन्सको अन्तिम शेयरमूल्य रू. २ हजार ८८५ पुगेको छ ।

यो दिन बैंकिङकको परिसूचक शून्य दशमलव १४ प्रतिशत, व्यापारिकको शून्य दशमलव ३ प्रीतशत, उत्पादन तथा प्रशोधनको १ दशमलव शून्य ५ प्रतिशत र अन्य समूहको शून्य दशमलव ६४ प्रतिशत घटेको छ । यस दिन विशाल बजार कम्पनीको शेयरमूल्य सर्वाधिक ३ दशमलव ९५ प्रतिशतले घटेको छ । उक्त कम्पनीको प्रतिशेयर रू. १२९ ले घटेर अन्तिम मूल्य रू. ३ हजार १३६ कायम भएको छ ।