२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

शीर्षस्थानको आर्सनललाई चार अंकको अग्रता



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा आर्सनलले बर्नमाउथलाई ३–० गोलले पराजित गरेको हो ।

घरेलु मैदान इमिरेट्समा आर्सनललाई जित दिलाउन बुकायो साका, लियान्ड्रो ट्रोसार्ड र डेक्लान राइसले एक–एक गोल गरे । खेलको ४५ औं मिनेटमा साकाको पेनाल्टी गोलबाट आर्सनलले अग्रता लिएको थियो ।

७० औं मिनेटमा ट्रोसार्डले गोल थप्दै आर्सनलको अग्रता दोब्बर पारे । यता, खेल सकिनै लाग्दा इन्जुरी समयमा ९०+७ औं मिनेटमा राइसले गोल गर्दै आर्सनललाई ३—० को सहज जित दिलाए ।

जितसँगै शीर्षस्थानको आर्सनलले दोस्रो स्थानको म्यान्चेस्टर सिटीसँग ४ अंकको अग्रता बनाएको छ । आर्सनलको ३६ खेलबाट ८३ अंक छ । यद्यपि, सिटीले २ खेल कम खेलेको छ । उसको ३४ खेलबाट ७९ अंक छ । पराजित बर्नमाउथ ३६ खेलबाट ४८ अंकसहित १० औं स्थानमा छ ।