५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

शीर्षस्थानको आर्सनललाई चार अंकको अग्रता



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा आर्सनलले बर्नमाउथलाई ३–० गोलले पराजित गरेको हो ।

घरेलु मैदान इमिरेट्समा आर्सनललाई जित दिलाउन बुकायो साका, लियान्ड्रो ट्रोसार्ड र डेक्लान राइसले एक–एक गोल गरे । खेलको ४५ औं मिनेटमा साकाको पेनाल्टी गोलबाट आर्सनलले अग्रता लिएको थियो ।

७० औं मिनेटमा ट्रोसार्डले गोल थप्दै आर्सनलको अग्रता दोब्बर पारे । यता, खेल सकिनै लाग्दा इन्जुरी समयमा ९०+७ औं मिनेटमा राइसले गोल गर्दै आर्सनललाई ३—० को सहज जित दिलाए ।

जितसँगै शीर्षस्थानको आर्सनलले दोस्रो स्थानको म्यान्चेस्टर सिटीसँग ४ अंकको अग्रता बनाएको छ । आर्सनलको ३६ खेलबाट ८३ अंक छ । यद्यपि, सिटीले २ खेल कम खेलेको छ । उसको ३४ खेलबाट ७९ अंक छ । पराजित बर्नमाउथ ३६ खेलबाट ४८ अंकसहित १० औं स्थानमा छ ।