• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   नेप्से परिसूचक १७ अङ्कले घट्यो ★   मधेस प्रदेशको बजेट २२ करोडले घट्यो ★   चित्रबहादुर केसीको दाबी: संघीयताले मुलुकलाई दुर्गतितर्फ लग्यो ★   बंगलादेशसँग १० वर्षअघिको बदला लिने धुनमा नेपाल ★   पाप मोचन गर्ने धार्मिक विश्वासमा मनाइने पर्व गङ्गादशहरा ★   एघार महिनामा ४४ प्रतिशत मात्रै पुँजीगत खर्च ★   बजेटले मन्दीतर्फउन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन: सांसद जबरा ★   देवघाटमा बाँध बाँधेर चितवन पूर्व र नवलपुर पश्चिममा सिँचाइ पुर्‍याउन प्रस्ताव ★   सरकारले नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा विशेष ध्यान दिनुपर्छ: डा.स्वर्णिम वाग्ले ★   सरकारले पकेट बैंकबाट योजना छनोट गरेर बजेट ल्यायो: एमाले सचिव भट्टराई

यस्ता रहेका छन् शरिरमा पानी कम हुँदा देखिने ९ लक्षण



काठमाडौं । हामी पर्याप्त पानी पिइरहेका छैनौं भनेर हामीले सधैं सुनिरहेको कुरा हो । हामीले पर्याप्त मात्रामा पानी पिउनुपर्छ भनेर पनि राम्रोसँग थाहा छ तर पनि अनेक कुरामा अल्झेर हामी पानी पिउनुलाई हाम्रो दैनिकीको प्राथमिकतामा पार्न असफल हुन्छौं । यसको परिणाम हामी आफ्नो शरीरमा विभिन्न परिवर्तन आइरहेको अनुभव गर्न थाल्छौं।

एउटा वयस्क औसत मानव शरीर ५५ देखि ६० प्रतिशत पानीले बनेको हुन्छ । यसले मानव शरीरमा पानीको कति महत्व छ भन्ने दर्शाउँछ । त्यसैले हाम्रा सवारीसाधनले मोबिल वा तेल सकिएपछि देखाउने लक्षण जस्तै पानीको कमी हुनासाथ हाम्रो शरीरले पनि त्यस्ता लक्षण देखाउन थाल्छ । यस्ता लक्षण देखिएपछि हामीले शरीरमा तरल पदार्थ खासगरी पानीको आवश्यक मात्रा पूर्ति गर्न दैनिक पर्याप्त पानी पिउन जरुरी छ । शरीरमा आवश्यक पानीको मात्रा पुगेको(नपुगेको कसरी थाहा पाउने ? तलका लक्षण देखिएमा तपाईको शरीरमा पानीको मात्रा कम भयो भनेर बुझ्नुहोस्।

१) छाला सुख्खा हुनु, लोसनले पनि काम नगर्नु
ऋतुअनुसार हाम्रो छालामा परिवर्तन आउनु सामान्य हो । जाडोमा हाम्रो छाला सुख्खा र निर्जीवजस्तै हुन्छ । छाला सुख्खा हुँदा यसमा सिबम (छालामा रहेको ग्रन्थीबाट निस्कने चिल्लो पदार्थ) को कमी हुन्छ र यस्तो अवस्थामा छालाको चिल्लोपना कायम राख्न पर्याप्त मात्रामा मोस्चराइजर लगाउनु पर्छ।

यसबाहेक अरु बेला मोस्चराइर लगाइरहँदा पनि तपाईको छाला सुख्खा हुन्छ र फुट्छ भने टन्न पानी खानु भए हुन्छ । जब पानीको कमी भएपछि छालाले स्वाभाविक चमकरसौन्दर्य गुमाउँछ, त्यसबेला छालालाई सबैभन्दा बढी पानी नै चाहिन्छ ।

२) मुख सुक्नु र धेरै तिर्खा लाग्नु
कतिपयले ख्याल नगर्ने तर शरीरमा पानी कम भएको अर्को लक्षण हो, मुख तथा जिब्रो सुख्खा हुनु र टाँसिनु । साथै यसको अर्को लक्षण धेरै तिर्खा लाग्नु । दुवै अवस्थामा शरीरमा पानीको कमी पूरा गर्न पानी खाइहाल्नुहोस् (किनभने मुख मरुभूमिजस्तो सुख्खा भयो भने मुख नराम्ररी गन्हाउँछ) ।

यो लक्षण उल्लेख गर्नु किन पनि आवश्यक छ भने मुख सुक्नु र धेरै तिर्खा लाग्नु अर्को कुनै गम्भीर रोगको लक्षण पनि हुनसक्छ । केही दिन पर्याप्त पानी पिउँदा पनि यी लक्षण कायम रहे चिकित्सकसँग परामर्श गर्नु उपयुक्त हुन्छ ।

३) टाउको दुख्नु
टाउको दुख्नु शरीरमा पानीको मात्रा कम भएको अर्को लक्षण हो। चड्किएर दुखेको टाउको मिनेटैपिच्छे झन् झन् फुट्ला जस्तो गरि बढ्छ भने पानीको कमी भएको बुझ्नु पर्छ । यस्तो बेला एकाग्र हुन नसक्ने र धैर्य गुम्दै जान्छ । पर्याप्त पानी पिए यी समस्या हट्ने मात्र होइन उपचार नै हुन्छ ।

नेस्नल हेडेक फाउन्डेसन (एनएचएफ) का अनुसार टाउको दुखाइ कुनै व्यक्तिको शरीरमा पानीको मात्रा कम भइरहेको सामान्य लक्षण हो । साँच्चै भन्ने हो भने शरीरमा पानीको कमीले माइग्रेन निम्त्याउँछ । एनएचएफले टाउको दुखेका बेला पानीमात्र खाने र गुलिया वा नुनिला खानेकुरा नखाने सुझाव दिएको छ । किनभने यी खानेकुराले पानीको कमी अझ बढाउँछन् ।

४) सधैं थकित
दैनिक रुपमा नियमित र पर्याप्त सुताइ (निद्रा) सुनिश्चित गर्नुहोस् । सधैं नियमित रुपमा पर्याप्त सुते पनि तपाई जतिबेला पनि थकित वा अल्छी महसुस गर्नु हुन्छ भने शरीरमा पानीको कमी हुनसक्छ।

थकाइले तपाईका चेतना र एकाग्रतामा असर पार्न सक्छ । थकाइले शरीर आलस्य र असावधान बनाउने भएकाले दुर्घटनाको जोखिम पनि बढ्छ । तर दिनभर बढी मात्रामा पानी पिएर यस्तो अवस्था सुधार गर्न सकिन्छ।

५) शरीरको वजन बढ्नु
तपाई पत्याउनुहोस् नपत्याउनुहोस्, कम्मरको बढ्दो मोटाइले तपाई पर्याप्त मात्रामा पानी खाइरहनु भएको छैन भन्ने बताउँछ । विभिन्न अध्ययनले दिनमा कम्तीमा पनि ५ सय मिलिलिटर (आधा लिटर) पानी खाँदा पनि यसले पाचन क्रिया ३० प्रतिशत बढाउने देखाएका छन् । र, यसमा कुनै आश्चर्य मान्नु पर्दैन । त्यसैले अधिकांश स्वास्थ्य तथा पोषणविदहरूले शरीरको उपयुक्त वजन बढ्न नदिन वा वजन घटाउन पानीको मात्रा बढाउने सल्लाह दिन्छन् ।

यतिमात्र होइन उनीहरू शरीरमा पानीको अलिकति पनि कमी हुनासाथ मस्तिष्कमा मिश्रित संकेत पुग्ने र हामीले भोक लागेको अनुभव गर्छौं, जबकि हामीलाई खानेकुराको नभएर पानी चाहिएको हुन्छ भन्छन् । तपाईले भोजन गर्नुअघि एक÷दुई ग्लास पानी खानु भयो भने यसले तपाईको भोजनको मात्रा घटाउँछ, अर्थात तपाई धेरै खान सक्नुहुन्न ।

६) अपचको समस्या 
यसो भन्नु अलि बढी नै पनि हुन सक्छ कि तपाईलाई शौचालयमा पेट खाली गर्न धेरै समय लागिरहेको छ भने शायद तपाईले पानीको मात्रा बढाउन आवश्यक छ । तपाईको शरीरलाई पचिसकेको खानेकुरा पेटबाट बाहिर निकाल्न तरल पदार्थको आवश्यकता परेको कब्जियत भएबाट सहजै बुझ्न सकिन्छ । दीर्घ कब्जियतरअपचको कारण नै पानीको कमी हो ।

पाचन क्रिया सहज बनाउन र कब्जियतरअपचको समस्या आउन नदिन पर्याप्त पानी पिउनु नै एकमात्र सजिलो उपाय हो । पानीको मात्रा बढाउनासाथ तपाई आफैं कब्जियत कम हुँदै गएको अनुभव गर्न सक्नु हुन्छ । कब्जियत कम भएन भने चिकित्सकसँग परामर्श गर्नु उपयुक्त हुन्छ ।

७) मुत्रनलीको संक्रमण
मुत्रनलीको संक्रमण अत्यधिक कष्टदायक हुन्छ भन्ने एकपल्ट यसको अनुभव गरिसकेका व्यक्तिसँग सोधे प्रष्ट हुन्छ । युटिआई (युरिनरी ट्र्याक्ट इन्फेक्सन० विभिन्न कारणले हुने भए पनि प्रायः हाम्रो शरीरमा सहवास वा यौनांग र मलद्वारको राम्ररी सफाइ नगर्दा ब्याक्टेरिया प्रवेश गरेपछि हुने गर्छ ।

मुत्रनलीमा संक्रमण हुने अर्को मुख्य कारण पानीको कमी हो । पर्याप्त पानी पिउनाले मुत्रथैलीबाट ब्याक्टेरिया पानीले बगाएर बाहिर निकाल्छ र ब्याक्टेरिया मुत्रथैलीमा फैलन पाउँदैन ।

शरीरमा पानीको कमी भएको एउटा लक्षण पिसाबको रंग गाढा हुनु वा पिसाब कम लाग्नु वा पिसाब पोल्नु पनि हो । यस्तो लक्षण देखिनासाथ पानीको मात्रा बढाउनुहोस् र यसपछि पनि यी लक्षण कम नभए चिकित्सकसँग परामर्श लिनु जानु पर्छ ।

८) झर्किने र झन्किने
तपाई जतिबेला पनि अप्रसन्न हुन थाल्नुभयो, झर्किन र कसैले केही बोल्नासाथ झनक्क झन्किन थाल्नुभयो भने पनि शरीरमा पानीको कमी भयो भनेर बुझ्नुपर्ने हुन्छ । तपाईलाई आश्चर्य लाग्ला यस्तो बेला तपाईलाई अरु केही होइन, एक गिलास पानीको आवश्यकता छ यी समस्याको समाधान गर्न भन्यो भने । केही अध्ययनले सामान्य डिहाइड्रेसनले पनि स्नायविकरमानसिक परिवर्तन हुने र त्यसको प्रभाव हाम्रो मानसिक क्षमता र एकाग्रतामा पर्नुका साथै झर्किने र झनक्क रिसाइहाल्ने जस्ता परिवर्तन हुने देखाएका छन् ।

यसभन्दा पनि उदेकलाग्दो त के छ भने हाम्रो शरीरमा आवश्यक पानीको मात्राभन्दा १ प्रतिशत मात्र पानीको कमी हुँदा समेत यस्ता नकारात्मक प्रभाव पर्छ । त्यसैले फेरि पनि तपाई धेरै झर्किन र झनक्क रिसाउन थाल्नुभयो अनि त्यसको कुनै कारण पत्ता लगाउन सक्नु भएन भने थपक्क एकदुई ठूलो गिलास पानी पिइहाल्नुहोस् र आफ्नो मुड ठीक पार्नुहोस् ।

९) मांसपेशी बाउँडिने
मांसपेशी एकै ठाउँमा डल्लो पर्नु वा खास गरी पिंडुला बाउँडिनु कष्टदायक हुनुका साथै लाजमर्दो हुन्छ । यस्तो बेला अधिकांश व्यक्ति शरीर तन्काउने वा मालिस गर्ने गर्छन् । तर यसको उपचार अत्यन्त सरल छ, पानी पिउनु । किनभने शरीरमा पानीको कमी भएपछि नै मांसपेशी बाउँडिने गर्छ ।

कतिपय यसमा असहमत होलान्, तर विभिन्न अध्ययनले पानीको कमी (डिहाइड्रेसन) र मांसपेशी बाउँडिनुबीच सम्बन्ध देखाएका छन् । किनभने हामीले थोरै पानी खाँदा रक्त सञ्चार नै मन्द हुन्छ। डिहाइड्रेसन भएपछि मस्तिषकले महत्वपूर्ण अंग बचाउन शरीरमा भएको तरल पदार्थ, पानी मांसपेशीबाट त्यता पठाउँछ र मांसपेशी बाउँडिन्छ ।

पानीको कमीले शरीरमा हुनुपर्ने सोडियम र पोटासियमको मात्रा तलमाथि हुन थाले स्थिति अझ बिग्रन्छ । त्यसैले पर्याप्त पानी खान अत्यन्त महत्वपूर्ण छ, खासगरी गर्मीमा र व्यायामका बेला ।

  • पर्याप्त पानी खाएको कसरी थाहा पाउने

दैनिक कति पानी पिउनु पर्छ भन्ने सम्बन्धमा अनेकौं भनाइ छन् । तर अधिकांशको मापदण्ड अनुसार दैनिक ८ औंस (करिब २३० ग्राम) पानी पिउनुपर्छ । तर पछिल्लो समय भएका अध्ययनले भने लिंग र शरीरको आकार (वजन अनुसार पिउन आवश्यक पानीको मात्रा बताउने गरेका छन् । उदाहरणका लागि एक जना साढे ६ फिट अग्लो पुरुषले दैनिक ८ ग्लास पानी पिउनु कम हुनसक्छ भने ४ फिट १० इन्च अग्ली महिलाका लागि यति नै पानी पिउनु धेरै हुन सक्छ ।

अमेरिकाको मिनेसोटास्थित ‘द मायो क्लिनिक’ (नाफा नकमाउने संस्था जसमा चिकित्सक, वैज्ञानिक र शोधकर्ता गरी ३३ सयभन्दा बढी आबद्ध छन्) ले इन्स्टिच्युट अफ मेडिसिनको निर्देशिका उल्लेख गर्दै सामान्य अवस्थामा पुरुषका लागि १३ कप र महिलाका लागि ९ कप दैनिक पानी पिउनु पर्याप्त हुने जनाएको छ । तर व्यायाम गर्नु हुन्छ वा पसिना आउँछ भने योभन्दा बढी पानी पिउनु आवश्यक छ । त्यसमाथि पनि मानिसको जीवनशैली, खानपान र शारीरिक बनावट अनुसार आफूलाई कति पानी पर्याप्त हुन्छ मनन् गर्नु बेस हुन्छ ।

तर सम्झनुहोस्, तिर्खा लागेको महसुस गर्नुहुन्छ भने सम्भवतः तपाईलाई हल्का पानीको कमी भइसकेको छ । मुख सुक्छ भने पानीको कमी हटाउन तुरुन्तै एकदुई कप पानी पिइहाल्नुहोस् ।  एजेन्सीको सहयोगमा ।