६ पुष २०८२, आईतवार
,
Latest
मधेस प्रदेश सभामुख यादवले लिए शपथ बङ्गलादेशमा हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा प्रदर्शन रवि लामिछाने–प्रधानमन्त्री भेटवार्ता बालुवाटारमा जेन–जी पुस्ताका मागहरु सम्बोधन नभए निर्वाचन हुन दिँदैनौँः दुर्गा प्रसाईं पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने खेतखेतमा विद्युत् पुग्नुपर्छः मन्त्री घिसिङ गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको अन्तिम कारोबारको दिन शेयर बजार १९.७८ अंकले बढेर २३६२.५४ विन्दुमा



अ+ अ-

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक १९.७८ अंकले बढेर २३६२.५४ विन्दुमा पुगेको छ । यस दिन २ हजार ३७२ दशमलव ८६ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ८४ प्रतिशतले बढेको हो ।  

पहिलो घण्टाको अवधिमा १९६ ओटा कम्पनीको १६ हजार ६७० पटकको कारोबारमा ३७ लाख ४४ हजार ४५४ कित्ता शेयरको रू. १ अर्ब ९३ करोड २५ लाख ३४ हजार बराबरको खरीदविक्री भएको छ ।

बिहीबार पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, व्यापार र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी होटल्स, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बीमा समूहको परिसूचक बढेको छ ।

कारोबारको पहिलो घण्टामा हिमालय उर्जा विकास कम्पनीको शेयरमूय १० प्रतिशतले बढेको छ । त्यस्तै, महिला सहयात्रा लघुवित्त, प्रभु लाइफ इन्स्योरेन्स, गोर्खाज फाइनान्स, कर्पोरेट डेभलपमेण्ट बैंक र नेपाल फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

यस अवधिसम्म नेपाल लाइफ इन्स्योरेन्स सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २० करोड ६९ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. २ हजार ९६५ मा कारोबार भइरहेको छ ।