११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय ट्रक यातायात व्यवसायी महासंघद्वारा बाढीमा सम्पर्कविहीन ट्रक र चालकको विवरण माग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग विपद् व्यवस्थापनमा साझा संयन्त्र र प्रभावकारी पूर्वसूचना प्रणालीमा जोड चीन कठिन समयमा नेपालसँगै छ : राजदूत चाङ माओमिङ विपद् व्यवस्थापनमा सर्वदलीय संयन्त्र बनाउन रवि लामिछानेको प्रस्ताव रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर राहत सहयोग घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको अन्तिम कारोबारको दिन शेयर बजार १९.७८ अंकले बढेर २३६२.५४ विन्दुमा



अ+ अ-

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार कारोबार भएको पहिलो घण्टामा नेप्से परिसूचक १९.७८ अंकले बढेर २३६२.५४ विन्दुमा पुगेको छ । यस दिन २ हजार ३७२ दशमलव ८६ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ८४ प्रतिशतले बढेको हो ।  

पहिलो घण्टाको अवधिमा १९६ ओटा कम्पनीको १६ हजार ६७० पटकको कारोबारमा ३७ लाख ४४ हजार ४५४ कित्ता शेयरको रू. १ अर्ब ९३ करोड २५ लाख ३४ हजार बराबरको खरीदविक्री भएको छ ।

बिहीबार पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये बैंकिङ, व्यापार र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी होटल्स, विकास बैंक, जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बीमा समूहको परिसूचक बढेको छ ।

कारोबारको पहिलो घण्टामा हिमालय उर्जा विकास कम्पनीको शेयरमूय १० प्रतिशतले बढेको छ । त्यस्तै, महिला सहयात्रा लघुवित्त, प्रभु लाइफ इन्स्योरेन्स, गोर्खाज फाइनान्स, कर्पोरेट डेभलपमेण्ट बैंक र नेपाल फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । 

यस अवधिसम्म नेपाल लाइफ इन्स्योरेन्स सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २० करोड ६९ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. २ हजार ९६५ मा कारोबार भइरहेको छ ।




भर्खरै