६ भाद्र २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः डर्टमण्डले पिएसजीलाई हरायो



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमण्डले जित निकालेको छ ।

गएराति भएको खेलमा डर्टमण्डले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई १–० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा डर्टमण्डलाई जित दिलाउन एकमात्र गोल निकलास फुल्कवर्गले गरे । उनले खेलको पहिलो हाफमा ३६ औं मिनेटमा गोल गरेका हुन् । यो जितसँगै डर्टमण्डले १–० को एग्रिगेट बनाएको छ । अब दोस्रो लेग आगामी हप्ता पिएसजीको घरेलु मैदानमा हुनेछ ।

डर्टमण्डले क्वाटरफाइलनमा एट्लेटिको मड्रिडलाई तथा पिएसजीले बार्सिलोनालाई पाखा लगाउँदै सेमिफाइनलमा स्थान बनाएका थिए ।