६ भाद्र २०८३, शनिबार
,
Latest
सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’ नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न बालेन भ्रमणः मुस्ताङको ‘अफरोड’ मा कार्यकारीको ‘ड्राइभ’ हर्मुज जलमार्ग ‘अमेरिकी नियन्त्रण’ मा रहेको राष्ट्रपति ट्रम्पको दावी स्वास्थ्य-सेवामा सहजता दिलाउन बनेपाद्वारा चार संस्थासँग सम्झौता यम बरालको प्रश्न: कलाकार प्रति राज्यको उदासीनता कहिले सम्म ? अमेरिकी बालबालिकाको गोपनीयतासम्बन्धी मुद्दामा टिकटकले ४० करोड डलर तिर्न सहमत गरिमा चौधरी हत्या प्रकरणमा गृहमन्त्रीसँग परिवारको वार्ता सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिचेल मार्शको कप्तानीमा टी–२० विश्वकप खेल्ने अष्ट्रेलियाको टोली घोषणा



अ+ अ-

काठमाडौँ । जुन १ देखि सुरु हुने टी–२० विश्वकपका लागि अष्ट्रेलियाको टोलीको घोषणा गरिएको छ ।

अष्ट्रेलियन क्रिकेट बोर्ड (क्रिकेट अष्ट्रेलिया)ले नेपाली समयानुसार बुधबार बिहान मिचेल मार्शको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा डेभिड वार्नर, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, प्याट कमिन्स लगायत अनुभवी खेलाडीहरु समावेश छन् ।

अष्ट्रेलियाले जुन ८ मा इंग्ल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । समूह बी मा अष्ट्रेलिया र इंग्ल्यान्डसँगै नामिबिया, ओमान र स्कटल्यान्ड रहेका छन् ।

अष्ट्रेलियाको विश्वकप खेल्ने टोलः मिचेल मार्श (कप्तान), एस्टन अगर, प्याट कमिन्स, टिम डेभिड, नाथन एलिस, क्यामरुन ग्रिन, जोश हेजलवुड, ट्रेभिस हेड, जोस इंग्लिस, ग्लेन म्याक्सवेल, मिचेल स्टार्क, मार्कस स्टोइनिस, म्याथ्यु वेड, डेभिड वार्नर र आडम जाम्पा ।