२४ जेष्ठ २०८३, आईतवार
,
Latest
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

तपाई बारम्बार बिरामी पर्नु हुन्छ ? खान थाल्नुस् यस्ता कुरा



अ+ अ-

काठमाडौं । मानिसहरु आजभोलिको जीवनशैलीका कारण बारम्बार बिरामी परिरहेका हुन्छन् । आधुनिक मानिसहरूको खानपिनको बानी परिवर्तन भएसंगै पाचनप्रणाली नै बिग्रिसकेको छ ।  

पाचन राम्रो बनाउनुछ भने त्रिफला खान थाल्नुस् । यो प्रसिद्ध आयुर्वेदिक उपचार पद्धति हो । अमला, हर्रो र बर्रो मिलेर त्रिफला बन्छ । यसको सेवनले के फाइदा हुन्छ हामी बताउँदैछौं । 

कब्जियत : त्रिफलाले लामो समयदेखि जमेको कब्जियतबाट छुटकारा दिलाउँछ । यसले शरीरको आन्तरिक फोहरलाई बाहिर निकालेर सफा गर्छ । पाचनलाई पनि यसले सुधार गर्छ ।

मेटाबोलिजम वृद्धि : त्रिफला खाँदा मेटाबोलिजम बढ्छ र पाचनतन्त्र सही रहन्छ । राति सुत्नुअघि यसको सेवन गर्दा पेटसम्बन्धी समस्या भाग्छन् ।

रगत सफा : त्रिफला चूर्णले खाना पचेपछि बाँकी रहेका अतिरिक्त पदार्थलाई शरीरबाहिर निकाल्छ । घरिघरि बिरामी हुने मान्छेले यसको सेवन गर्नुपर्छ ।

एन्टीअक्सिडेन्ट : त्रिफलामा भएको एन्टीअक्सिडेन्ट तत्त्व स्वास्थ्यका लागि लाभदायक छ । यसको सेवन गर्दा अनुहारमा चाउरी पर्न पाउँदैन ।