३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाडो मौसममा यी चीजको सेवन गर्दा हुनेछ लाभदायी



अ+ अ-

काठमाडौं । जाडो मौसममा मानिसहरुले इम्युनिटी पावर बलियो बनाउन जरुरी हुन्छ। इम्युनिटी पावर बलियो बनाएमा रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन कुनै खास कोसिन गनुपर्दैन । बरु हामीले खाने केही कुरामा जोड दिन सकेमा इम्युनिटी पावर बलियो बनाउन सकिन्छ। 
इम्युनिटी पावर बलियो बनाउन यस्ता केही चिज छन् जसको प्रयोगले हामीलाई सधै फाइदा मिल्छ। 

इम्युनिटी पावर बलियो बनाउन सधै प्रयोग गर्नुहोस् यी चिजहरु :

भिटामिन सी युक्त फलफूल : शरीरमा रोग प्रतिरोधक क्षमता बढाउन का लागि हामीले  एन्टी अक्साइडयूक्त फलफूल र तरकारी  नियमत सेवन गर्न जरुरी छ। सुन्तला, किबी, चेरी, अम्बा, लिची, कागती जस्ता कुरा हाम्रो खानामा नियमित प्रयोग गर्न जरुरी छ। भिटामिन सी शरीरमा सेतो रक्तकोषिकाको वृद्धिमा समेत लाभदायी छ।

बेसार : बेसार हाम्रो खानामा नियमित प्रयोग हुने मसालामध्ये एक हो। प्राय सबैको भान्छामा बेसार प्रयोग हुन्छ। बेसारको चिया बनाएर सेवन गर्नाले शरीरलाई फाइदा हुन्छ। साथै राती सुत्नुअघि बेसार मिसाएको दूध सेवन गर्नाले रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ।

दही : रोग प्रतिरोधात्मक क्षमता बढाउन दही पनि निकै असरदार मानिन्छ। दिनहुँ दहिको प्रयोग आवश्यक छ।

चिया : जाडो चिया पिउनु निकै लाभदायक छ। तुलसी, मरिच, अदुवा, गुर्जो जस्ता जडिबुटीवाला चिया सेवन गर्नाले रुघाखोकीलाई समेत निको बनाउन सहयोग गर्छ।