२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाडो मौसममा यी चीजको सेवन गर्दा हुनेछ लाभदायी



अ+ अ-

काठमाडौं । जाडो मौसममा मानिसहरुले इम्युनिटी पावर बलियो बनाउन जरुरी हुन्छ। इम्युनिटी पावर बलियो बनाएमा रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन कुनै खास कोसिन गनुपर्दैन । बरु हामीले खाने केही कुरामा जोड दिन सकेमा इम्युनिटी पावर बलियो बनाउन सकिन्छ। 
इम्युनिटी पावर बलियो बनाउन यस्ता केही चिज छन् जसको प्रयोगले हामीलाई सधै फाइदा मिल्छ। 

इम्युनिटी पावर बलियो बनाउन सधै प्रयोग गर्नुहोस् यी चिजहरु :

भिटामिन सी युक्त फलफूल : शरीरमा रोग प्रतिरोधक क्षमता बढाउन का लागि हामीले  एन्टी अक्साइडयूक्त फलफूल र तरकारी  नियमत सेवन गर्न जरुरी छ। सुन्तला, किबी, चेरी, अम्बा, लिची, कागती जस्ता कुरा हाम्रो खानामा नियमित प्रयोग गर्न जरुरी छ। भिटामिन सी शरीरमा सेतो रक्तकोषिकाको वृद्धिमा समेत लाभदायी छ।

बेसार : बेसार हाम्रो खानामा नियमित प्रयोग हुने मसालामध्ये एक हो। प्राय सबैको भान्छामा बेसार प्रयोग हुन्छ। बेसारको चिया बनाएर सेवन गर्नाले शरीरलाई फाइदा हुन्छ। साथै राती सुत्नुअघि बेसार मिसाएको दूध सेवन गर्नाले रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ।

दही : रोग प्रतिरोधात्मक क्षमता बढाउन दही पनि निकै असरदार मानिन्छ। दिनहुँ दहिको प्रयोग आवश्यक छ।

चिया : जाडो चिया पिउनु निकै लाभदायक छ। तुलसी, मरिच, अदुवा, गुर्जो जस्ता जडिबुटीवाला चिया सेवन गर्नाले रुघाखोकीलाई समेत निको बनाउन सहयोग गर्छ।