१३ श्रावण २०८३, बुधबार
,
Latest
संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ? मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंगलोरको लगातार दोस्रो जित, २०१ रनको लक्ष्य १६ ओभरमै पछ्यायो



अ+ अ-

काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलोरलेले आईपीएल २०२४ मा लगातार दोस्रो जित हात पारेको छ । टोलीले सिजनको ४५ औं खेलमा गुजरात टाइटन्सलाई ९ विकेटले पराजित गरेको हो ।

यो जितसँगै बैंगलोरले प्लेअफमा पुग्ने आशा जीवित राखेको छ । बैंगलोरले १६ ओभरमा एक विकेट गुमाएर २०१ रनको लक्ष्य पुरा गर्यो । यो आईपीएलमा सबैभन्दा छोटो ओभरमा २०० भन्दा बढी लक्ष्य पछ्याउने कीर्तिमान हो ।

विल ज्याकले ४१ बलमा अविजित १०० रन बनाए भने विराट कोहलीले ४४ बलमा ७० रनको अविजित अर्धशतक बनाए । दुवैले ७४ बलमा १६६ रनको साझेदारी गरे ।

यसअघि अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आरसीबीले टस जितेर फिल्डिङ रोजेको थियो । गुजरातले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०० रन बनाएको थियो । साई सुदर्शनले ८४ रनको अविजित इनिङ खेले । जहाँ शाहरुख खान (५८ रन)ले अर्धशतक बनाए । डेभिड मिलरले २६ रनको योगदान दिए ।

आरसीबीका लागि मोहम्मद सिराज, ग्लेन म्याक्सवेल र स्वप्निल सिंहले १–१ विकेट लिए ।