२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंगलोरको लगातार दोस्रो जित, २०१ रनको लक्ष्य १६ ओभरमै पछ्यायो



अ+ अ-

काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलोरलेले आईपीएल २०२४ मा लगातार दोस्रो जित हात पारेको छ । टोलीले सिजनको ४५ औं खेलमा गुजरात टाइटन्सलाई ९ विकेटले पराजित गरेको हो ।

यो जितसँगै बैंगलोरले प्लेअफमा पुग्ने आशा जीवित राखेको छ । बैंगलोरले १६ ओभरमा एक विकेट गुमाएर २०१ रनको लक्ष्य पुरा गर्यो । यो आईपीएलमा सबैभन्दा छोटो ओभरमा २०० भन्दा बढी लक्ष्य पछ्याउने कीर्तिमान हो ।

विल ज्याकले ४१ बलमा अविजित १०० रन बनाए भने विराट कोहलीले ४४ बलमा ७० रनको अविजित अर्धशतक बनाए । दुवैले ७४ बलमा १६६ रनको साझेदारी गरे ।

यसअघि अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आरसीबीले टस जितेर फिल्डिङ रोजेको थियो । गुजरातले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०० रन बनाएको थियो । साई सुदर्शनले ८४ रनको अविजित इनिङ खेले । जहाँ शाहरुख खान (५८ रन)ले अर्धशतक बनाए । डेभिड मिलरले २६ रनको योगदान दिए ।

आरसीबीका लागि मोहम्मद सिराज, ग्लेन म्याक्सवेल र स्वप्निल सिंहले १–१ विकेट लिए ।