• २३ जेष्ठ २०८१, बुधबार
  •      Wed Jun 5 2024
  •   Unicode
Logo
Latest
★   एमालेलाई निर्णायक शक्ति बनाउन जरुरी छः उपाध्यक्ष पौडेल ★   ओलीलाई रविको जवाफः अन्तरदेशीय विवाह पितृ सत्तालाई मन परेको छैन ★   देशलाई समृद्ध बनाउन शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्छः सांसद भण्डारी ★   सहकारी छानविन समितिले तोकिएकै समयमा प्रतिवेदन ल्याउनुपर्छ भन्नेमा एमाले स्पष्ट छः प्रमुख सचेतक बर्तौला ★   अर्थतन्त्रलाई चलायमान बनाउन बजेट उत्पादनमुखी छः अर्थमन्त्री पुन ★   बजेटले अर्थतन्त्रलाई थप गति दिन्छः अर्थमन्त्री पुन ★   समाजवादको आधार तयार पार्न परिर्वतनका उपलब्धिको रक्षा गर्नुपर्छः परराष्ट्रमन्त्री श्रेष्ठ ★   ‘पुजार सार्की’ले काँग्रेस, एमाले वा माओवादीले भन्दा महान् क्रान्ति गरेको छ: हिसिला यमी ★   ओलीलाई अर्थमन्त्रीको जवाफ: बजेट माओवादीतिर नभई जनतातिर ढल्केको छ ★   नयाँ सरकार गठनका लागि प्रधानमन्त्री मोदीद्वारा राष्ट्रपति मुर्मु समक्ष राजीनामा पेस

देशभरका विपन्न नागरिकलाई नि:शुल्क उपचारका लागि काठमाडौं आउन मेयर बालेनको आह्वान



काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालन्द्र शाहले देशभरका अशक्त र गरिब बिरामी नागरिकलाई उपचारका लागि काठमाडौं आउन आह्वान गरेका छन् ।

महानगर प्रमुख बालेन्द्रले आज सामाजिक सञ्जाल फेसबुमा स्टाटस लेख्दै जुनसुकै पालिकाको भए पनि असक्त र गरिब नागरिब बिरामीले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर उपचारका लागि काठमाडौं आउन आह्वान गरेका हुन् ।

उनले ‘हामीसँग ४३ अस्पतालका ३२३ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निशुल्क उपचार हुनेछ’ भनेका छन् ।

उनले उपचार नपाएका कोही नागरिक टोल, छिमेकतर्फ भए खबर गरिदिनसमेत आग्रह गरेका छन् ।
मेयर शाहले काठमार्डौं महानगरपालिकाका नि:शुल्क उपचार सहजीकरण सेवाको लिंकसमेत आफ्नो स्टाटसमा राखिदिएका छन् ।

यसमा सेवा लिन आउनेहरुले ल्याउनुपर्ने कागजातको विवरण उल्लेख छ । महानगरपालिकाले तय गरेका अस्पतालमा उपचारका लागि आउँदा नेपाल सरकार र प्रदेश सरकारर स्थानीय सरकारले लक्षित वर्ग हो भनी जारि गरेको कागजातसहित परिचय पत्र लयाउनुपर्ने छ ।

यस्तै राष्ट्रिय परिचयपत्र र नेपाली नागरिकता प्रमाण पत्रर जन्मदर्ता प्रमाणपत्र प्रतिलिपी र हालसालै खिचिएको फोटो र रोग पहिचान भए सोको कागजपत्र पनि ल्याउनुपर्ने उल्लेख छ ।

बालेनले आफ्नो फेसबुक स्टाटसमा के लेखेका छन् त ?