१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

घट्न थाले अन्नपूर्ण पदमार्गमा पर्यटक

घट्न थाले अन्नपूर्ण पदमार्गमा पर्यटक
फाईल फोटो
अ अ+ अ-

लमजुङ । पाँच जिल्ला जोडिएको पर्यटन क्षेत्रमा महत्वपूर्णमध्ये एक मानिने अन्नपूर्ण पदमार्गमा पछिल्लो समय पर्यटक घट्न थालेका छन् । यहाँ दुई सय ५० को हाराहारीमा दैनिक पर्यटक आउने गरेकामा वर्षा सुरु हुन थालेपछि १५–२५ जना मात्र आउन थालेका मनाङको धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रले जनाएको छ ।

वर्षा सुरु हुन लागेपछि यहाँ यतिबेला दैनिक १५ देखि २५ जनासम्म पर्यटक आउने गरेका केन्द्रका प्रमुख भूपेन्द्र गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “केही साताअघिसम्म दुई सय ५० जना आउने गरेकामा उक्त सङ्ख्याबाट घटेर दैनिक ४०/५० को हाराकारीमा आएको थियो । त्यो सङ्ख्या पनि घट्ने क्रममा छ ।”

मङ्गलबार पदमार्गका लागि नौ जना मात्र पर्यटक आएका गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार यो सङ्ख्या पनि अझै घट्दै पाँच/छ जनामा आउन सक्नेछ । भदौ लागेपछि पुन: पर्यटककीय चहलपहल सुरु हुने भन्दै भदौअघि पर्यटक आगमन कम हुँदै जाने उहाँको भनाइ छ ।

विगतमा यस पदमार्गमा दैनिक पाँच/छ सय पर्यटक आउने गर्दथे । कोरोना महामारीपश्चात् थलिएको यस क्षेत्रको पदमार्गमा महामारीपछि पुरानो गतिमा पर्यटक आगमन हुन सकेको छैन । विदेशी तथा आन्तरिक पर्यटकको चहलपहल हुने यस पदमार्गमा पर्यटक घट्न थालेसँगै पदमार्गसँगै आसपासका होटल, रेष्टुरेन्टहरु समेत सुनसान हुन थालेका पर्यटन व्यवसायीको भनाइ छ ।

लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेका पर्यटन व्यवसायी बाबुराम तामाङले पर्यटक आगमन भइरहँदा दैनिक रु ३०–४० हजार आम्दानी हुने भन्दै यतिबेला पर्यटक घट्दा रु पाँच–१० हजार मात्र हुने गरेको बताउनुभयो । बर्खा लागेपछि झन आम्दानी ठप्प हुने उहाँको भनाइ छ ।

पर्यटन व्यवसायी पच्चबहादुर गुरुङले भन्नुभयो, “तीनदिन अघिसम्म केही पर्यटक होटलमा आएपनि सोयता व्यापार ठप्पै भएको छ ।” यस वर्षको पर्यटनको याममा रु १० लाख आम्दानी भएको जनाउँदै उहाँले वर्षाभरि सोही रकमले घरखर्च चलाउने बताउनुभयो । उहाँका अनुसार भदौ लागेपछि पुन: पर्यटक आगमन हुने र व्यापार व्यवसाय चलायमान हुनेछ ।

बर्खा लागेसँगै बाटो अप्ठ्यारो, बाढी पहिरो आउनेलगायत समस्या हुने भएकाले पर्यटक ठप्प हुने केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख गुरुङले सन् २०२४ को जनवरीदेखि जुन ४ सम्म यस पदमार्गमा १० हजार दुई सय ७९ जना विदेशी पर्यटक आएका छन् । उक्त अवधिमा आएका पर्यटकमध्ये सबैभन्दा धेरै फ्रान्सका एक हजार ४९, इजरायलका आठ सय ३१, जर्मनीका सात सय ७१, चाइनाका छ सय ९६ रहेका उहाँले जानकारी दिनुभयो । सन् २०२३ को जनवरी १ देखि जुन ४ तारिखसम्म नौ हजार दुई सय ४१ जना पर्यटक आएका थिए ।

पर्यटकहरु हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको संस्कृति, परम्परा र रहनसहन, प्राकृतिक सुन्दरता हेर्ना साथै मनाङबाट मुस्ताङ, कोही पोखरा जान अन्नपूर्ण पदमार्गमा आउने गर्दछन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारमा छ ।

पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँचवटा जिल्ला जोडिएको छ । काठमाडौँ हुँदै सवारीसाधनमा लमजुङ बेँसीसहरमा पर्यटक आउने गर्दछन् । यस पदमार्गमा विगतको तुलनामा कोरोनापश्चात् कम पर्यटक आगमन हुन थालेका छन् । आर्थिक मन्दी, पदमार्ग जीर्ण, सडकले केही ठाउँमा पदमार्ग मासिनुलगायत कारणले कम पर्यटक आएका हुन सक्ने पर्यटन व्यवसायी बताउँछन् । रासस