२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar त्रिशूली नदीले कटान गर्दा भासिएको पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित News Polar सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि News Polar मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?- हिसान News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे

विश्व वातावरण दिवस : पानीका स्रोत संरक्षण गर्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान

विश्व वातावरण दिवस : पानीका स्रोत संरक्षण गर्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान
अ अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जमिन र वातावरण संरक्षणमा प्रतिबद्ध भएर लाग्न आह्वान गर्नुभएको छ ।

विश्व वातावरण दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै पूर्वराष्ट्रपति भण्डारीले प्रकृतिको दोहन रोक्न सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताउनुभएको हो ।

संयुक्त राष्ट्र संघको आह्वानमा वातावरण संरक्षणको बारेमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ हरेक वर्ष जुन ५ तारिखका दिनलाई विश्व वातावरण दिवस मनाउने गरिन्छ । यो दिवस मनाउन थालिएको आज ५१ वर्ष भएको छ ।

‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने मूल नाराका साथ मनाइने यो वर्षको वातावरण दिवसले भूमि पुनस्र्थापनाको विषयलाई केन्द्र विन्दूमा राखेको छ । पूर्वराष्ट्रपति भण्डारीले आफ्नो शुभकामना सन्देशमा भन्नुभएको छ– ‘हामीले पनि आजको दिनलाई हाम्रा भावी सन्ततिको सुरक्षित भविष्यका लागि हाम्रो वरिपरि रहेको जमिन तथा वातावरण संरक्षण गर्न प्रतिबद्ध भई कामको थालनी गर्ने अवसरको रुपमा उपयोग गर्न सक्नुपर्दछ ।’

‘प्राकृतिक सन्तुलनमाथि नकारात्मक दबाब उत्पन्न गर्ने मानवीय क्रियाकलापका कारण पृथ्वीको पारिस्थितिकीय प्रणालीहरु जोखिममा परेका छन् । प्राकृतिक स्रोतहरुको अत्यधिक दोहन, अविवेकी उपभोग, अव्यवस्थित रुपमा गरिने विकास निर्माण कार्य जस्ता मानवीय क्रियाकलाप तथा जलवायु परिवतृनका काण हाम्रो वातावरणमा असामान्य असन्तुलन उत्पन्न भएको छ । जसका कारण आज हामी वायु प्रदूषण, जैविक विविधताको नाश, जलवायु परिवर्तन जस्ता संकट भोग्न बाध्य भएका छौं ।’ पूर्वराष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा अगाडि भन्नुभएको छ– ‘जलवायु परिवर्तनले विश्वव्यापी संकटको स्वरुप ग्रहण गरिरहेको परिवेशमा दिगो पारिस्थितिकीय प्रण्ढाालीको संरक्षण गर्दै प्रकृति र मानवबीच सहअस्तित्व कायम राख्न आज नागरिक समाज, निजी क्षेत्र र सबै तहका सरकारहरु जिम्मेवार बन्न जरुरी छ ।’

उहाँले इनार, पोखरी, नदी, ताललगायतका पानीका स्रोतको संरक्षण, जमिनमुनिको पानीको दिगो सदुपयोग र पुनर्भरण, जैविक खेती प्रणालीको प्रवद्र्धन, विद्युतीय चुलो र सवारी साधनलाई प्रोत्साहन गर्न आह्वान गर्नुभएको छ । ‘विषादी एवम् करेन्ट प्रयोग गरी माछा मार्ने कार्यमा रोक, डढेलो लगाउने प्रवृत्तिमाथि रोक, प्लास्टिकजन्य सामग्रीको प्रयोगमा न्यूनीकरण तथा व्यवस्थापन जस्ता आधारभूत विषयलाई चक्रिय अर्थतन्त्रको सिद्धान्तअनुसार जीवनको अभिन्न अंगको रुपमा ग्रहण्ण गर्नुपर्ने हुन्छ,’ उहाँले भन्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले प्रकृतिमाथि मानवीय हस्तक्षेपका कारण हाम्रो पारिस्थितिकीय प्रणालीमा उत्पन्न असन्तुलनलाई पुनस्र्थापित गर्न प्रकृतिमुखी जीवनशैली अपनाउँदै वातावरण सुधारका गतिविधिहरु प्रवद्र्धन गर्नसमेत आह्वान गर्नुभएको छ ।