१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

चन्द्रागिरिमा वनजाई, चुत्रो र टिम्बुरका बिरुवा लगाइयो

चन्द्रागिरिमा वनजाई, चुत्रो र टिम्बुरका बिरुवा लगाइयो
अ अ+ अ-

कीर्तिपुर । विश्व वातावरण दिवसका अवसरमा चन्द्रागिरि नगरपालिका–४ स्थित थानकोटमा औषधीय गुण भएका बिरुवा रोपिएको छ ।

चन्द्रागिरि हिल्स लिमिटेडद्वारा आज आयोजित कार्यक्रममा हिल्सको तल्लो ‘स्टेसन’ परिसरमा वनजाई, चुत्रो, टिम्बुर, कागत पाते (लोक्ता) गुराँस, निगालो र जमानेमान्द्रो जस्ता बिरुवा लगाइएको हो ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, चन्द्रागिरि–४ का वडाध्यक्ष एवं नगरप्रवक्ता कृष्णप्रसाद खड्गी र चन्द्रागिरि हिल्स लिमिटेडका सहमहाप्रबन्धक श्याम तण्डुकार लगायतले सो अवसरमा वृक्षरोपण गर्नुभएको थियो । सो अवसरमा नगरप्रमुख गिरीले प्राकृतिक रुपले सुन्दर चन्द्रागिरिको सुन्दरतालाई जोगाइराख्न नगरपालिकाले उच्च प्राथमिकता दिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “वृक्षरोपण गरिएका बिरुवालाई हुर्काउन र यहाँको प्राकृति वातावरण जोगाइराख्न हिल्सले थप ध्यान दिनुपर्छ ।” लिमिटेडका मानवसंसाधन प्रमुख झलकराज शर्माका अनुसार नयाँ पुस्तालाई एकपटक लगाएर वर्षौं लाभ लिन सकिने बोटबिरुवासँग परिचित गराउने उद्देश्यले वृक्षरोपण गरिएको हो । रोपणका साथमा संरक्षण तथा संवद्र्धनका लागि समेत हिल्सले विशेष पहल गरेको जनाइएको छ । पछिल्लो समय चन्द्रागिरि केबुलकार आसपास करिब १७ हजार बोटबिरुवा हुर्किरहेको जानकारी उहाँले दिनुभयो ।

हिल्समा विगत एक दशकदेखि वनस्पति संरक्षण गरिरहनुभएका वनस्पतिविद् विन्देश्वर रायका अनुसार केबुलकार परिसरमा सकेसम्म रैथाने वनस्पतिलाई नै हुर्काउने नीतिअनुसार त्यस्तै बिरुवाको बेर्ना तयारी गरी रोपिएको हो । उहाँले भन्नुभयो, “लोक्ताबाट कागज तयार हुन्छ । जमानेमान्द्रो आयुर्वेदिक चिकित्सामा सर्वाधिक प्रयोग हुने जडीबुटी हो । यस्तै अचारको मसलाका रुपमा प्रयोग हुने टिम्बुरलाई नगदे बनस्पति समेत मानिन्छ ।”

यसैगरी स्टेसन परिसरमै सुन्तला, आरु, आरुबखडा, नास्पाती, हलुवावेद, खुर्पानी, लप्सी र अम्बाका जस्ता फलफूल समेत गरी कूल दुई सय बिरुवा लगाइएको जानकारी वनस्पतिविद् रायले दिनुभयो ।