२२ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीबाट बिदा लिएमात्रै केपी ओलीको सम्मान बढ्छः कर्ण थापा



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता कर्ण थापाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट बिदा लिनुपर्ने बताउनुभएको छ ।

नेकपा एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ईश्वर पोखरेल पक्षधरहरूले सोमवार आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले देश, जनता र पार्टीका सर्मथक, सुवेच्छुकहरुको भावना बुझेर नेतृत्वबाट विदा लिनुपर्ने बताउनु भयो । ओलीले नेतृत्वबाट बिदा लिएमा सम्मान बढ्ने उहाँको दाबी छ । नेतृत्वबाट बिदा लिएमा ओलीले गरेका महत्वपूर्ण योगदानलाई जनताको बीचमा स्थापित गर्न सकिने उहाँले बताउनु भयो । ओलीले बिदा नलिएमा भने सिंगो पार्टी र कम्युनिष्ट आन्दोलन नै समाप्त हुने उहाँको भनाई छ । उहाँले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनले नेतृत्व मात्रै चयन नगरी कम्युनिष्ट आन्दोलनको दिशा समेत तय गर्नेहुँदा स्वस्थ र स्वच्छ प्रतिस्पधौ हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘११ औँ राष्ट्रिय महाधिवेशनमा स्वस्थ हुनुपर्छ, प्रतिष्पर्धा । प्रतिस्पर्धा गर्नुभन्दा अगाडी, प्रतिष्पर्धाको पक्षमा त छौँ छौँ तर अहिले हाम्रो पार्टीको अध्यक्ष केपी शर्मा ओलीले हामी सबैको भावना बुझेर देशको भावना बुझेर, हाम्रा सर्मथक, सुभेच्छुकहरुको भावना बुझेर उहाँले बिदा लिनुपर्छ । उहाँ विदा हुनुभो भनेपछि उहाँको सम्मान बढ्नेछ । उहाँले गर्नुभएको योगदानलाई पनि हामी फेरि पनि जनताको बीचमा स्थापित गर्न सक्नेछौँ । होईन भने सिंगै पार्टी र आन्दोलन उहाँको व्यक्तिगत चाहना र ईच्छामा समाप्त गर्ने दिशातर्फ जाँदैछ । यसलाई जोगाउनपर्छ भनेर व्यापक रुपमा अहिले ठूलो आवाज उठेको छ ।’ 

उहाँले केपी ओलीको सान्दर्भिकता अब पार्टीमा सक्किएको दोहो¥याउनु भयो । केही भजनमण्डलीहरु तयार पारेर आफूबाहेक अरु कोही सक्षम छैन भन्ने प्रचार नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।