४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या

तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या
अ+ अ-

सुनसरी । सुनसरीको रामधुनीका दिनेशकुमार चौधरीको हत्या स्थानीयकै योजनामा भएको खुलेको छ ।

दुई महिनाअघि रामधुनी २ मा भएको सिटी सफारी चालक चौधरी उपरका गोली हानी हत्याको घटनामा स्थानीय राजकिशोर साह र नन्दकिशोर साहको संलग्नता खुलेको हो । सुनसरी प्रहरीका अनुसार राजकिशोर र नन्दकिशोर दाजुभाई हुन् । उनै साह दाजुभाईकै योजनामा सुपारी दिएर मान्छे बोलाई चौधरीको गोली हानी हत्या गराइएको हो ।

सिटी सफारी चालक धामीझांक्री भएको र तन्त्रमन्त्र गरी परिवारका सदस्यलाई बिरामी बनाई दुःख दिएको भन्दै हत्या गराइएको खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशव कुमार थेवले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार चौधरीको हत्यामा ६ लाखको लेनदेन भएको पाइएको छ । साह दाजुभाईले ६ लाखमा सुपारी दिएर मान्छे बोलाई चौधरी उपर गोली हान्न लगाएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलन मार्फत घटनाबारे जानकारी गराएको सुनसरी प्रहरीले हत्यामा संलग्न ७ जनालाई पक्राउ गरी कार्वाही चलाइएको जनाएको छ ।

सुनसरी प्रहरीले दिएको जानकारीअनुसार हत्यामा संलग्नताका आधारमा पक्राउ परेकाहरुमा झुम्काका साह दाजुभाई ४३ वर्षका राजकिशोर र वर्ष ४० का नन्दकिशोर सहित सप्तरी राजविराजका २८ वर्षिय अंकित साह र प्रिन्सकुमार दास रहेका छन् । त्यसैगरी पक्राउ पर्नेहरुमा सुनसरी भोक्राहाका ३४ वर्षिय मोहमद इव्रान मिया, देवानगञ्ज्का ३७ वर्षिय गियास मन्सुरी र सोही गाउँपालिकाकै २५ वर्षिय मिथलेस यादव रहेका छन् । प्रहरी नियन्त्रणमा रहेका ७ जनाको हकमा सुनसरी जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान कार्य जारी रहेको सुनसरी प्रहरीले जनाएको छ । अशोज २५ गते शनिबार साँझ रामधुनी नगरपालिका वडा नम्बर २ मा रहेको शिननगर–झुम्का जाने नहरको भित्री सडक खण्डमा स्थानीय सिटी सफारी चालक दिनेश कुमार चौधरी उपर गोली प्रहार भएको थियो । गोली प्रहारबाट चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।