६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

हेटौँडाको मुख्य सडक विस्तारः भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी

हेटौँडाको मुख्य सडक विस्तारः भग्नावशेष हटाउन जुटे स्थानीय र व्यवसायी
अ+ अ-

बागमती । हेटौँडा बजारको मुख्य सडक विस्तारका लागि सडक डिभिजन कार्यालयले भत्काएको संरचनाको व्यवस्थापनमा घरधनी र व्यवसायी जुटेका छन् ।

सडक विस्तारका लागि सडक सीमाभित्र परेका भौतिक संरचना भत्काएर सडक किनारमा थुपारिएका इँट्टा, रड, जस्ता, फर्निचर लगायतका भग्नावशेष सरसफाइमा स्थानीय तथा व्यवसायी जुटेका हुन् । बिहानैदेखि स्थानीय तथा व्यवसायी आफ्ना घर तथा पसल अगाडिको स्क्र्याब सफा गरिरहेका छन् भने भत्किएका घरका भित्ताका पर्खाल पन्छाउने र सटर निकाल्ने काम गरिरहेका छन् । सडक विस्तारका क्रममा घरको अगाडिको भाग भत्किएपछि बाँकी भग्नावशेष हटाउने र सडकको मापदण्ड छाडेर संरचना निर्माणमा स्थानीय जुटेका छन् ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडाको रातमाटेदेखि बुद्धचौक हुँदै राप्ती खोला पुलसम्म तथा त्रिभुवन राजपथअन्तर्गत बुद्धचोकदेखि सामरी पुलसम्मको सडक खण्डमा सडकको मध्य भागबाट दायाँबायाँ २५÷२५ गजभित्र निर्माण भएका स्थायी र अस्थायी घरटहरा तथा अन्य संरचनाहरु १५ दिनभित्र हटाउन सडक डिभिजन कार्यालय हेटौँडाले यही मङ्सिर ५ गते सार्वजनिक सूचना जारी गरेको थियो ।

तोकिएको समय सीमाभित्र घर धनीले त्यस्तो भौतिक संरचना नहटाएको भन्दै सडक डिभिजन कार्यालयले शनिबार रातोमाटेदेखि बुद्ध चोक हुँदै राप्ती पुलसम्मका सडक सीमाक्षेत्रमा पर्ने करिब ५०० भन्दा बढी घर तथा भौतिक संरचना डोजर प्रयोग गरी भत्काएको थियो ।

सर्वोच्च अदालतबाट यही मङ्सिर १९ गते जारी उत्प्रेषण आदेश प्राप्त भएको भन्दै सडक डिभिजन कार्यालयले सडक विस्तार कार्य हाललाई रोकेको छ । सर्वोच्च अदालतबाट जारी उत्प्रेषण आदेशलाई सम्मान गर्दै हाललाई सडक विस्तारका लागि डोजर चलाउने कार्य रोकिएको सडक डिभिजन कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिनुभयो । सर्वोच्च अदालतको आदेशबारे पत्र आइतबार दिउँसो मात्र कार्यालयमा प्राप्त भएकाले सडक विस्तार कार्य रोकिएको प्रमुख अधिकारीले बताउनुभयो ।

यही मङ्सिर १९ गते सर्वोच्च अदालतले हेटौँडाको मुख्य सडक विस्तारसम्बन्धी सूचना कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । यसैबीच हेटौँडा उपमहानगरपालिकाले मुख्य सडक विस्तारका क्रममा भत्काइएका संरचनाका कारण विस्थापित भएका परिवारलाई आवासको व्यवस्थाका लागि सहजीकरण गर्ने भएको छ ।

प्रभावित परिवारलाई आवास व्यवस्थापनका लागि सहजीकरण र समन्वय गर्ने कार्यालयपालिकाबाट निर्णय भएको उपमहानगरपालिका प्रवक्ता सविना न्यौपानेले जानकारी दिनुभयो । सडक विस्तारबाट प्रभावित भएकाहरुको जग्गाको अंश नरहने तथा अन्यत्र घरजग्गा नभएका घरधनीको वडा कार्यालयमार्फत विवरण सङ्कलन गरी मालपोत कार्यालयबाट विवरण जाँच गराई घरविहीनहरुलाई आयोजनामार्फत आवास व्यवस्थापन गर्न उपमहानगरपालिकाले सहजीकरण गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

यस्तै प्रभावित घरधनीहरुको घर निर्माणका लागि लाग्ने खर्च व्यवस्थापनका गर्न सहुलियत दरमा निश्चित समयसम्मका लागि ऋण उपलब्ध गराउन अर्थ मन्त्रालयमार्फत राष्ट्र बैङ्कलाई अनुरोध गर्ने निर्णय भएको उहाँको भनाइ छ । रासस