११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी

पार्टीमा नीति होइन, नेता प्रदान भएकाले नयाँ नेतृत्व ल्याउन चाहेका हौँः युवराज ज्ञवाली

पार्टीमा नीति होइन, नेता प्रदान भएकाले नयाँ नेतृत्व ल्याउन चाहेका हौँः युवराज ज्ञवाली
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीको ११ औँ महाधिवेशनमा आफूहरुले सामुहिक नेतृत्व प्रणालीलाई स्थापित गराउन नेतृत्व परिवर्तन गर्न चाहेको बताउनुभएको छ ।

उपाध्यक्ष ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीले एकलकाटे प्रवृत्ति देखाएको र नेतृत्व प्रदान भन्ने गलत मान्यतालाई अघि बढाएकाले आफूहरुले त्यसको विकल्पमा ईश्वर पोखरेललाई नयाँ नेतृत्वको रुपमा अघि बढाउन बाध्य हुने परेको जिकिर समेत गर्नुभयो । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सामुहिक नेतृत्व विना लोकतन्त्र सफल हुन नसक्ने भएकाले पनि आफूहरुले सामूहिक नेतृत्वलाई अघि बढाउने मान्यतालाई स्थापित गराउनका लागि ११ औ महाधिवेशनमा पोखरेललाई अध्यक्षको रुपमा निर्वाचन गराउन चाहेको समेत बताउनु भयो । उपाध्यक्ष ज्ञवालीले ओलीले आलोचनालाई सुन्न नचाहने गैर माक्र्सवाद चिन्तन देखाएकाले पनि त्यस्ता खालको गलत कुराको विपक्षमा उभिनुपर्ने अवस्था आएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सामुहिक नेतृत्व नभएको लोकतन्त्र सुदृढ हुन सक्दैन, बलियो हुन सक्दैन । टिकाउ पनि हुन सक्दैन । राम्रोसँग चल्न सक्दैन । कलेक्टिक लिडरसिप विनाको नेतृत्व, डेमोक्रेसी देशमा सफल हुन सक्दैन । संसारको उदाहरण हेर्ने होभने हामी त्यो पाउँछौँ । त्यसो भएको हुनाले कलेक्टिभ लिडरसिप आजको अनिवार्य आवश्यकता हो । त्यसलाई हामीले लगातार मान्दै आएको हो । तर हाम्रो पार्टीमा सामूहिक नेतृत्वको प्रणाली दस्तावेजमा त भनेका छौँ । तर व्यवहारमा लागू भएन । त्यसो भएर हामीले सामूहिक नेतृत्व प्रणालीलाई स्थापित गर्नका लागि, अगाडि बढाउनका लागि अब हामी नयाँ नेतृत्वमा जान चाहन्छौँ । नीति प्रदान कि नेतृत्व प्रदान । यो अर्को गम्भिर प्रश्न हो । यो हामीले नीति प्रदान भनेर दस्तावेजमा लेखेकै छौँ । तर व्यवहारिक रुपमा हामी के अभ्यास गर्दै आईरहेका छौँ भने नीति होइन, नेता प्रदान हो भन्ने कुरालाई स्थापित गर्न खोजिरहेका छौँ । यो कुरासँग हामी असहमत छौँ । यो धेरै महत्वपूर्ण कुरा हो । त्यसकारण नीति प्रदान हो, नीति अन्तर्गत नेता रहनुपर्छ नीतिको आधारमा सबै चल्नुपर्छ । नीतिको आधारमा देश चल्नु पर्छ, जनता चल्नु पर्छ । नीतिको आधारमा सम्पूर्ण पार्टी चल्नुपर्छ । नीतिको आधारमा राष्ट्रपति, प्रधानमन्त्री चल्नुपर्छ । नीतिको आधारमा पार्टीका सबै नेताहरु चल्नुपर्छ भन्ने मान्यतालाई हामी पुनः स्थापित गर्न चाहन्छौ । त्यसलाई अगाडि बढाउन चाहन्छौ । यसकारणले गर्दा हामीले नेता फेर्न खोजिरहेका छौ । अर्को कुरा डेमोक्रेसीमा आलोचना भन्ने कुरा अनिवार्य कुरा हो । आलोचना विनाको डेमोक्रेसी, डेमोक्रेसी हुँदैन । माक्र्सवाद आफैँमा आलोचनात्मक सिद्धान्त हो । माक्र्सवादले हरेक कुरा राम्रो छ भने त्यहाँ कमजोरी पनि छ भनेर हेर्छ । त्यो मान्छेमा हुन्छ, नीतिमा हुन्छ, नेतृत्वमा हुन्छ । प्रत्येक वस्तुमा हुन्छ, समाजमा हुन्छ । यो कुरालाई हामीले पार्टीमा पनि लागू गर्न खोज्छौ । यो कुरा हाम्रो पार्टीको सिद्धान्त छ, दस्तावेजमा छ । तर व्यवहारमा लागू भएन । हामी कस्तो चाहन्छौँ भने आलोचना, आत्माआलोचनासहितको कम्युनिष्ट पार्टी अगाडि बढाउन चाहन्छौँ । त्यो कुरा हाम्रो पार्टीमा लागू भएन । त्यसो भएर हामी  नयाँ नेतृत्व चाहन्छौँ । कमजोरी छैन भन्ने छ । हामी कमजोरी छभन्ने कुरालाई स्थापित गर्न चाहन्छौँ ।’

उपाध्यक्ष ज्ञवालीले आफूहरुले ईश्वर पोखरेलको नेतृत्वमा सामुहिक ढंगले पार्टीलाई अघि बढाउने र लोकतन्त्रको सुदृढिकरणमा नेतृत्वदायी भुमिका खेल्न चाहेको पनि बताउनु भयो ।