१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको नयाँ प्रधानमन्त्री मोदी, नितिश कि चन्द्रबाबु ?



Photo : PTI
अ+ अ-

काठमाडौं । भारतमा भएको लोकसेवा निर्वाचनमा कुनै पनि दलको स्पष्ट बहुमत नआएपछि नयाँ प्रधानमन्त्री को हुने भन्ने चर्चा सुरु भएको छ । निर्वाचनको मतपरिणाम अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ दल भारतीय जनता पार्टीले बहुमत ल्याउन सकेन । पछिल्लो दुई चुनावमा लगातार बहुमत ल्याएर सरकारको नेतृत्व गरेका मोदी यस पटक भने सरकार बनाउन अन्य दलको भर पर्नुपर्ने अवस्थामा पुगेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपाले २ सय ४० स्थानमा मात्र जित हात पारेको छ । यो अघिल्लो चुनावको भन्दा ६३ स्थान कम हो । अघिल्लो चुनावमा भाजपा एक्लै ३ सय ३ स्थानमा जित हात पारेको थियो । यस पटक भाजपालाई बहुमत जुटाउन थप ३२ सांसदको आवश्यकता पर्छ । मोदी नेतृत्वको गठबन्धनको भने स्पष्ट बहुमत छ । तर गठबन्धनमा रहेका सबै दलले मोदीलाई तेस्रो कार्यकाल प्रधानमन्त्री बन्न सहयोग गर्छन् कि गर्दैनन् भन्ने प्रश्न चाहिँ उठेको छ ।

अहिले भाजपा नेतृत्वको एनडीए गठबन्धनले २ सय ९३ स्थानमा जित हात पारेको छ । यसैगरी कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनले २ सय ३० सिट जितेको छ । यो सरकार बनाउन आवश्यक ४२ सिट कम हो । भाजपा नेतृत्वको गठबन्धनमा सहभागी भएर गएका आन्ध्र प्रदेशको चन्द्रबाबु नायडु नेतृत्वको तेलेगु देशम पार्टीले १६ र बिहारका नितिशकुमारको जनता दल युनाइटेडले १२ सिट जितेका छन् । उनीहरुले मोदीलाई तेस्रो कार्यकालको प्रधानमन्त्री बनाउँछन् कि आफैं विपक्षीसँग मिलेर आफैं प्रधानमन्त्री बन्ने बाटो रोज्छन् भन्ने हेर्न चाहिँ केही समय पर्खनै पर्ने भएको छ ।

मोदीलाई प्रधानमन्त्री बन्न यी दुई नेताको साथ अपरिहार्य छ । तर यी दुवै नेता बाध्यताले मात्र मोदीको गठबन्धनमा सहभागी भएका हुन् । उनीहरु जहिल्यै मोदीका आलोचक हुन् । त्यही कारण अब मोदीको राजनीति बिहारका नितिश कुमार र आन्ध्र प्रदेशका चन्द्रबाबु नायडु जस्ता नेतामा भर पर्ने छ ।

मोदीको हातबाट जसरी पनि भारतको सत्ता हटाउन विपक्षी गठबन्धनले जोडतोडका साथ प्रयास गरिरहेका छन् । अहिले विशेष गरी कांग्रेसले अरु जुनसुकै दललाई प्रधानमन्त्री बनाएर भए पनि मोदीलाई सत्ताबाट हटाउने अभियान चलाइरहेको छ । उसले बिहारका नितिश कुमार आन्ध्र प्रदेशका चन्द्रबाबु नायडुसँग पनि छलफल गरिसकेको छ । तर यी दुवै नेताले अहिलेसम्म कुनै ठोस निर्णय गरेका छैनन् ।

चुनावपछि त्रिशंकु संसद् बनेपछि भारतको राजनीति अस्थिरतातर्फ धकेलिएको छ । यसअघि दुई कार्यकाल लगातार बहुमत जुटाउँदै आएका मोदी अब फेरि प्रधानमन्त्री बने हाले पनि अस्थिरताको भूमरीमा फस्ने संकेत देखिएको छ ।