२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभरका विपन्न नागरिकलाई नि:शुल्क उपचारका लागि काठमाडौं आउन मेयर बालेनको आह्वान



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालन्द्र शाहले देशभरका अशक्त र गरिब बिरामी नागरिकलाई उपचारका लागि काठमाडौं आउन आह्वान गरेका छन् ।

महानगर प्रमुख बालेन्द्रले आज सामाजिक सञ्जाल फेसबुमा स्टाटस लेख्दै जुनसुकै पालिकाको भए पनि असक्त र गरिब नागरिब बिरामीले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर उपचारका लागि काठमाडौं आउन आह्वान गरेका हुन् ।

उनले ‘हामीसँग ४३ अस्पतालका ३२३ बेड आवद्ध छन् । त्यहाँ बिरामीको आवश्यकता अनुसार निशुल्क उपचार हुनेछ’ भनेका छन् ।

उनले उपचार नपाएका कोही नागरिक टोल, छिमेकतर्फ भए खबर गरिदिनसमेत आग्रह गरेका छन् ।
मेयर शाहले काठमार्डौं महानगरपालिकाका नि:शुल्क उपचार सहजीकरण सेवाको लिंकसमेत आफ्नो स्टाटसमा राखिदिएका छन् ।

यसमा सेवा लिन आउनेहरुले ल्याउनुपर्ने कागजातको विवरण उल्लेख छ । महानगरपालिकाले तय गरेका अस्पतालमा उपचारका लागि आउँदा नेपाल सरकार र प्रदेश सरकारर स्थानीय सरकारले लक्षित वर्ग हो भनी जारि गरेको कागजातसहित परिचय पत्र लयाउनुपर्ने छ ।

यस्तै राष्ट्रिय परिचयपत्र र नेपाली नागरिकता प्रमाण पत्रर जन्मदर्ता प्रमाणपत्र प्रतिलिपी र हालसालै खिचिएको फोटो र रोग पहिचान भए सोको कागजपत्र पनि ल्याउनुपर्ने उल्लेख छ ।

बालेनले आफ्नो फेसबुक स्टाटसमा के लेखेका छन् त ?