१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

‘पुजार सार्की’ले काँग्रेस, एमाले वा माओवादीले भन्दा महान् क्रान्ति गरेको छ: हिसिला यमी

‘पुजार सार्की’ले काँग्रेस, एमाले वा माओवादीले भन्दा महान् क्रान्ति गरेको छ: हिसिला यमी
अ अ+ अ-

काठमाडौं। नेपाली चलचित्र ‘पुजार सार्की’ हेरेपछि पूर्व मन्त्री तथा राष्ट्रिय समाजवादी पार्टीकी उपाध्यक्ष हिसिला यमीले नेपालका राजनीतिक दलहरूले गरेको क्रान्ति भन्दा पनि महान् क्रान्ति ‘पुजार सार्की’ले गरेको बताएकी छन्। बुधवार काठमाडौंको गोङ्गबुस्थित बिएसआर चलचित्र हलमा यो चलचित्र हेरेकी हुन्। उनले यो चलचित्र हेर्न आफ्नो पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसहित थुप्रै नेताहरूलाई यो चलचित्र देखाउने बताइन्।

चलचित्र हेरेर निस्कँदै गर्दा उनलाई धन्यवाद दिन चलचित्रका निर्देशक दिनेश राउत, लेखक बिकास सुवेदी, अभिनेता आर्यन सिग्देल, अभिनेत्री अञ्जना बराइली लगायत पुगेका थिए। टिमलाई प्रतिक्रिया दिँदै यमीले छुवाछुत अन्त्यको लागि पनि आर्य खसहरूले नै साथ दिनुपर्ने यो चलचित्रले दिएको सन्देशलाई आफूले महान् क्रान्तिको रूपमा लिएको बताइन्। ‘महिलाको हक हितको लागि महिला मात्र बोलेर हुँदैन, पुरुषले पनि साथ दिनुपर्छ। त्यस्तै, छुवाछुत अन्त्यको लागि पनि आर्य खसहरूले नै साथ दिनुपर्छ र आर्य खसहरूले आफ्नै विरुद्ध लड्नुपर्छ अनि मात्र परिवर्तन सम्भव छ। अहिलेको अवस्थामा दलित मुक्तिको आन्दोलन दलितले मात्रै गरेर हुन्छ भनेर पुग्दैन। परम्परागत राजनीतिक पार्टी काँग्रेस, एमाले वा माओवादी सबैले गरेको क्रान्ति भन्दा पनि महान् क्रान्ति ‘पुजार सार्की’ले गरेको छ,’ उनले बताइन्।

यमीले पछिल्लो समयका प्रदर्शन भइरहेका नेपाली चलचित्रहरूले राजनीतिकर्मीहरूलाई निरन्तर घचघचाउने काम गरेको उल्लेख गरिन्। उनले भनिन्, ‘अहिले आर्थिक रूपमा असाध्यै तल परिरहेको अवस्थामा मानिसको मनोबल तल गिरिरहेको छ। यस्तो अवस्थामा नेपाली चलचित्रकर्मीहरूले हामीलाई घचघचाउने विषयहरू ल्याईराख्नुभएको छ। ‘पुजार सार्की’ चलचित्रले राजनीतिक रूपमा नै छुवाछूतको समस्या समाधान गर्न सकिन्छ भन्ने कुराले हामीलाई राहत दिएको छ। यो विषय अत्यन्त सही तरिकाले यो चलचित्रमा प्रस्तुत गरिएको छ। समाज सुधारको सन्दर्भमा अहिले प्रदर्शन भइरहेका चलचित्रहरूलाई राजनीतिक दल भन्दा पनि उच्च स्थानमा राखेको छु।’

यमीको प्रतिक्रिया लिएपछि यस चलचित्रमा ‘पुजारी’को भूमिका निभाएका अभिनेता आर्यन सिग्देलले नीतिमा छुवाछूत गर्न नपाइने रहेको तर नियत खराब भएकाहरूको कारण यो समस्या यथावत् रहेको जनाए। यमीसँग कुरा गर्दै आर्यनले भने, ‘यस कारण गैर दलितले नै छुवाछूत हुनु हुँदैन भनेर यस चलचित्रबाट आन्दोलन छेड्नु परेको हो।’

जेठ १० गते रिलिज भएको ‘पुजार सार्की’ विश्व बजारमा सफलताका साथ प्रदर्शन भइरहेको छ। यस चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको प्रमुख भूमिका रहेको छ।