६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी छानविन समितिले तोकिएकै समयमा प्रतिवेदन ल्याउनुपर्छ भन्नेमा एमाले स्पष्ट छः प्रमुख सचेतक बर्तौला



अ+ अ-

काठमाडौँ । नेकपा(एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले तीन महिनाभित्रै प्रतिवेदन ल्याउनुपर्नेमा आफ्नो पार्टी स्पष्ट रहेको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिले तीन महिनाभित्रै प्रतिवेदन ल्याउनुपर्ने एमालेको स्पष्ट अडान रहेको बताउनुभएको हो । उहाँले यस समितिमा एमालेको भुमिकाप्रति आशंका गर्नेहरुले नै तीन महिनाभित्र काम सम्पन्न गरी प्रतिवेदन ल्याउन नदिनसक्ने भन्दै यसप्रति आफूहरु सचेत रहेको बताउनु भयो । उहाँले समितिको कामलाई अवरोध सिर्जना गर्नु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘त्यो आरोप लगाउनेहरु नै सहकारी पीडितहरुलाई न्याय दिन चाहादैनन् । उनीहरु नै यो तिन महिनामा प्रतिवेदन ल्याउन दिँदैनन् । उनीहरु नै यो विशेष समितिलाई काम नगर्न सक्ने बनाउँछन् । किनकी तपाई हेर्दै जानुस्, हरेक दिन सहकारी पीडितहरु, सहकारी ठगहरु अरु कोही होइनन् आरोप लगाउनेहरु नै उहाँहरुकै दलका तार तारे झण्डा बोकेकै मान्छेहरु एक पछि अर्को भेट्न पाउनु हुनेछ । यो आरोप पनि त्यतैबाट आउने हो । म प्रष्टसँग भन्न चाहान्छु, कुनै दुविधा नपरोस्, विशेष संसदीय छानविन समिति बनेको छ । यो छानविन समितिले दुई, चारवटा सहकारीको मात्रै होइन, सिंगो देशभरीका सहकारीमा जहाँ जहाँ नागरिकहरुले दुःख पाएका छन्, वचतको अपचलन भएको छ, ठगी भएको छ, बद्मासी भएको छ, सार्वजनिक रुपमा जनताको गुनासो लिने र मसिनो छानविन गरेर दोषिहरुलाई आवश्यक कारबाहीको प्रक्रियामा सिफारिस गर्ने प्रक्रियामा यो समिति अब्बल हुन्छ । समितिमै बस्ने, समितिकै काम, प्रक्रियालाई अवरोध सिर्जना गर्नका लागि दुषित वक्तव्यबाजी गर्नेहरुबाट हामी सचेत छौँ । यो समितिले राम्रो काम गर्छ ।’

प्रमुख सचेतक बर्तौलाले समितिले राम्रोसँग काम गरि तोकिएकै समयमा प्रतिवेदन पेश गर्ने बताउनु भयो ।