२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादको आधार तयार पार्न परिर्वतनका उपलब्धिको रक्षा गर्नुपर्छः परराष्ट्रमन्त्री श्रेष्ठ



अ+ अ-

कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले समाजवादको आधार तयार पार्न परिर्वतनका उपलब्धिको रक्षा गर्नुपर्ने बताउनुभएको छ ।

पार्टीको गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको प्रदेशस्तरीय राजनीतिक वैचारिक प्रशिक्षणमा उहाँले लामो सङ्घर्षपछि प्राप्त उपलब्धिको रक्षा गर्ने प्रमुख कार्यभार पू्रा गर्दै समाजवाद उन्मुख लोकतन्त्र स्थापना गर्नु राष्ट्रिय आवश्यकता हो भन्नुभयो । उहाँले लामो सङ्घर्षपछि भएको राजनीतिक उथलपुथलबाट राजनीतिक अधिकारसहित जनताको जीवनस्तरमा समेत सुधार भएको बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, “हामी अहिले समाजवाद उन्मुख चरणबाट गुर्जिरहेका छौँ । समाजवादको आधार तयार पार्न राजनीतिक परिर्वतन र उपलब्धिलाई माध्यम तथा साधन बनाएर सामाजिक आर्थिक रुपान्तरण गर्नुपर्दछ । विकास र समृद्धिमा फड्को मार्नुपर्दछ ।” परम्परागत संसदीय गणन्तन्त्रको रक्षा गर्दै समाजवाद उन्मुख लोकतन्त्र स्थापना गर्नु राष्ट्रिय आवश्यकता रहेको उहाँको भनाइ छ ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुशासन र समृद्धिको पक्षमा महत्वपूर्ण काम गरेको र जनतामाझ ती कामको प्रचारप्रसार गरी आवश्यक सुझाव लिन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले नेतृत्व, पार्टीको विचार र राष्ट्र निर्माणको अभियान अगाडि बढाउन व्यक्तिगत स्वर्थभन्दा माथि उठेर क्रियाशील हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । “कुनै गुट, उपगुट र व्यक्तिगत स्वार्थलाई केन्द्रमा राख्दा देश, पार्टी र कम्युनिष्ट आन्दोलन नै बरबाद हुन्छ । त्यसैले विधि, पद्धति, संस्थागत र सामूहिकताका आधारमा पार्टी सञ्चालन गर्नु अहिलेको आवश्यकता हो । यसमा हामी सबैले योगदान गर्नुपर्छ”, श्रेष्ठले भन्नुभयो ।

पार्टी महासचिव देवप्रसाद गुरुङले जनतासँग माओवादी विशेष रुपान्तरण अभियानले पार्टी निर्माणमा सहयोग पुगेको बताउनुभयो । उहाँले पार्टीले अगाडि बढाएका राजनीतिक, वैचारिक र सामाजिक न्यायसहितका मुद्दाहरूलाई जनतामाझ लिएर सङ्गठ सुदृढीकरणमा लाग्न निर्देशन दिनुभयो ।

माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले गण्डकीमा पार्टी सङ्गठन विस्तारलाई प्राथमिकता दिएर सङ्गठन सुदृढीकरण र विस्तारका काम भइरहेका जानकारी दिनुभयो ।