१८ भाद्र २०८३, बिहीबार
,
Latest
सिरहाको औरहीका तत्कालीन प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध मुद्दा दायर नेपालको विपत्तिमा उज्वेकिस्तानको ऐक्यबद्धता, एशिया इन्टरनेशनल युनिभर्सिटीमा दीप प्रज्ज्वलन यस्ता छन् विहिबार बसेकाे मन्त्रिपरिषद् बैठकका ७ निर्णयहरू चीनबाट राहत सामग्रीको तेस्रो खेप नेपाल आइपुग्यो, १० जना फरेन्सिक विज्ञ पनि काठमाडौंमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने सरकारको निर्णय सांसद खड्काको अवस्था सामान्य भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाजवादको आधार तयार पार्न परिर्वतनका उपलब्धिको रक्षा गर्नुपर्छः परराष्ट्रमन्त्री श्रेष्ठ



अ+ अ-

कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले समाजवादको आधार तयार पार्न परिर्वतनका उपलब्धिको रक्षा गर्नुपर्ने बताउनुभएको छ ।

पार्टीको गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको प्रदेशस्तरीय राजनीतिक वैचारिक प्रशिक्षणमा उहाँले लामो सङ्घर्षपछि प्राप्त उपलब्धिको रक्षा गर्ने प्रमुख कार्यभार पू्रा गर्दै समाजवाद उन्मुख लोकतन्त्र स्थापना गर्नु राष्ट्रिय आवश्यकता हो भन्नुभयो । उहाँले लामो सङ्घर्षपछि भएको राजनीतिक उथलपुथलबाट राजनीतिक अधिकारसहित जनताको जीवनस्तरमा समेत सुधार भएको बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, “हामी अहिले समाजवाद उन्मुख चरणबाट गुर्जिरहेका छौँ । समाजवादको आधार तयार पार्न राजनीतिक परिर्वतन र उपलब्धिलाई माध्यम तथा साधन बनाएर सामाजिक आर्थिक रुपान्तरण गर्नुपर्दछ । विकास र समृद्धिमा फड्को मार्नुपर्दछ ।” परम्परागत संसदीय गणन्तन्त्रको रक्षा गर्दै समाजवाद उन्मुख लोकतन्त्र स्थापना गर्नु राष्ट्रिय आवश्यकता रहेको उहाँको भनाइ छ ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुशासन र समृद्धिको पक्षमा महत्वपूर्ण काम गरेको र जनतामाझ ती कामको प्रचारप्रसार गरी आवश्यक सुझाव लिन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले नेतृत्व, पार्टीको विचार र राष्ट्र निर्माणको अभियान अगाडि बढाउन व्यक्तिगत स्वर्थभन्दा माथि उठेर क्रियाशील हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । “कुनै गुट, उपगुट र व्यक्तिगत स्वार्थलाई केन्द्रमा राख्दा देश, पार्टी र कम्युनिष्ट आन्दोलन नै बरबाद हुन्छ । त्यसैले विधि, पद्धति, संस्थागत र सामूहिकताका आधारमा पार्टी सञ्चालन गर्नु अहिलेको आवश्यकता हो । यसमा हामी सबैले योगदान गर्नुपर्छ”, श्रेष्ठले भन्नुभयो ।

पार्टी महासचिव देवप्रसाद गुरुङले जनतासँग माओवादी विशेष रुपान्तरण अभियानले पार्टी निर्माणमा सहयोग पुगेको बताउनुभयो । उहाँले पार्टीले अगाडि बढाएका राजनीतिक, वैचारिक र सामाजिक न्यायसहितका मुद्दाहरूलाई जनतामाझ लिएर सङ्गठ सुदृढीकरणमा लाग्न निर्देशन दिनुभयो ।

माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले गण्डकीमा पार्टी सङ्गठन विस्तारलाई प्राथमिकता दिएर सङ्गठन सुदृढीकरण र विस्तारका काम भइरहेका जानकारी दिनुभयो ।