२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको आतिथ्यताबाट खुसी छौं – आन्द्रे फ्लेचर



अ+ अ-

काठमाडौँ । भोलि शनिबारदेखि नेपालसँग हुने ५ खेलको टी–२० सिरिजको तयारीका लागि वेस्ट इन्डिज ‘ए’ ले कीर्तिपुरस्थित त्रिवि मैदानमा अभ्यास थालेको छ ।

यस सिरिजका लागि वेस्ट इन्डिज ‘ए’ को टिम बुधबार नै काठमाडौं आइपुगेको थियो ।

यसैबीच, वेस्ट इन्डिजका खेलाडी आन्द्रे फ्लेचरले नेपालको आतिथ्यताबाट खुसी भएको प्रतिक्रिया दिएका छन् । अभ्यासका क्रममा मिडियासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने – ‘हाम्रो मौसमजस्तै रहेछ यहाँको पनि वातावरण । आतिथ्यता एकदमै राम्रो छ । हामी इन्जोइ गरिरहेका छौं । नेपालीहरु एकदमै राम्रा मानिस रहेछन् । हामीले यहाँको समयमा रमाइलो गरिरहेका छौं ।’

टोलीलाई स्वागत गर्ने क्रममा आलोचना भएको थियो । सामाजिक सञ्जालमा यस टोलीको स्वागतलाई लिएर नकरात्मक प्रतिक्रिया आएको थियो ।

नेपाल र वेस्ट इन्डिज ए बीच पहिलो खेल अप्रिल २७ मा हुने छ भने दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र अन्तिम तथा पाँचौ ४ मे मा हुने छ । टियु मैदानमा हुने सिरिजका सबै खेल सवा १२ बजेदेखि शुरु हुनेछन् ।

यो पनिः वेस्ट इन्डिजका खेलाडी स्वागतमा क्यान व्यवस्थापनमा उठ्यो प्रश्न, सामाजिक सञ्जालमा आलोचनाको ओइरो