२५ भाद्र २०८३, बिहीबार
,
Latest
अस्पतालले भर्ना नलिएपछि सडकमा सुत्केरी, संसद्मा उठ्यो प्रश्न केही जिल्लामा अब घरेलु कार्यालयबाट यातायातको काम गरिन्छः मुख्यमन्त्री आचार्य उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा हाम्रो पात्रो प्रयोगकर्ताबाट विपद् उद्धार कोषमा १ करोड २५ लाख सहयोग रसुवा बाढीमा मृत्यु हुनेको संख्या १,३७७ पुग्यो, ५ हजारभन्दा बढी बेपत्ता ग्यास अभावबारे मन्त्रीको अभिव्यक्तिप्रति महासंघको आपत्ति भोटेकोशी बाढीः आठ मिलियन युरो सहायता
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिजका खेलाडी स्वागतमा क्यान व्यवस्थापनमा उठ्यो प्रश्न, सामाजिक सञ्जालमा आलोचनाको ओइरो



अ+ अ-

काठमाडौँ । टी–२० सिरिज खेल्न वेस्ट इन्डिज ‘ए’ टोली नेपाल आइपुगेको छ । नेपालसँगको ५ खेलको टी–२० सिरिज खेल्न वेस्ट इन्डिज ‘ए’ टोली बुधवार बिहान नेपाल आइपुगेको हो ।

यसैबीच खेलाडीहरुको स्वागतलाई लिएर सामाजिक सञ्जालमा नेपाल क्रिकेट संघ (क्यान)को आलोचना भइरहेको छ ।

खेलाडीहरुको क्रिकेट किट तथा लगेजहरुको व्यवस्थापन गर्ने बेलामा बोलेरो जिपमा लगिएको भिडियो तथा तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् । यसैलाई लिएर क्यानको व्यवस्थापन पक्षमाथि प्रश्न समेत उठाइएको छ ।

सामाजिक सञ्जालमा क्यानको तिब्र आलोचना भइरहेको छ । प्रयोगकर्ताहरुले खेलकुदमन्त्री विराजभक्त श्रेष्ठमाथि पनि प्रश्न उठाइरहेका छन् ।

वेष्ट इण्डिज ‘ए’ र नेपालबीचको पहिलो खेल टीयु क्रिकेट मैदानमा वैशाख १५ गते हुनेछ । वैशाख १६ मा दोस्रो, १९ मा तेस्रो, २० मा चौथो र वैशाख २२ मा अन्तिम खेल हुनेछ ।

नेपालसँग खेल्न पहिलो पटक वेस्ट इन्डिज टोली नेपाल आएको हो । टोलीमा अनुभवी खेलाडी रोस्टन चेसको कप्तानीमा १५ सदस्यीय बलियो टोली छन् ।