१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति

एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार

एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार
अ अ+ अ-

काठमाडौं । सौन्दर्य तथा छालाको हेरचाहसम्बन्धी विभिन्न सामग्री एउटै स्थानबाट उपलब्ध गराउने उद्देश्यले ‘आई ब्युटी’ले आफ्नो सेवा विस्तार गरेको छ ।

ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार विभिन्न ब्रान्डका सौन्दर्य सामग्री सहज रूपमा छनोट गर्न सक्ने अवधारणासहित आई ब्युटी सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

हाल आई ब्युटीमा लास्या, सिल्कन र टेनजिरो गरी तीनवटा एक्सक्लुसिभ ब्रान्ड उपलब्ध छन् । लास्या इटलीसँग सम्बन्धित सौन्दर्य ब्रान्ड हो । कम्पनीका अनुसार लास्याका सामग्री इटलीमा उत्पादन भएर नेपाल आउने र नेपालमै प्याकेजिङ तथा रिफिलिङ गरिन्छ । यो ब्रान्ड सन् २०१७ देखि नेपाली बजारमा उपलब्ध हुँदै आएको छ ।

त्यस्तै, सिल्कन कोरियाली सौन्दर्य ब्रान्ड हो । सन् २०१३ देखि नेपाली बजारमा उपलब्ध सिल्कनका सामग्री कोरियाली प्रविधि तथा अवधारणामा आधारित छन् । यसको प्याकेजिङ र रिफिलिङ भने नेपालमै गरिँदै आएको कम्पनीले जनाएको छ ।

नेपालमै प्याकेजिङ तथा रिफिलिङ हुने भएकाले अन्तर्राष्ट्रिय गुणस्तर र ब्रान्डको अवधारणा कायम राख्दै नेपाली उपभोक्ताको क्रयशक्ति तथा बजेटलाई ध्यानमा राखेर तुलनात्मक रूपमा पहुँचयोग्य मूल्यमा सामग्री उपलब्ध गराउन सहज भएको आई ब्युटीको भनाइ छ ।

आई ब्युटीले सन् २०२६ मा टेनजिरोलाई नेपालमा सार्वजनिक गरेको हो । ‘मेड इन कोरिया’का रूपमा प्रस्तुत गरिएको टेनजिरो आई ब्युटीको एक्सक्लुसिभ ब्रान्डका रूपमा उपलब्ध छ ।

नेपाली बजारमा ब्रान्डप्रतिको धारणा र उपभोक्ताको आवश्यकता फरक हुने भएकाले ग्राहकलाई आफ्नो आवश्यकता र बजेटअनुसार सामग्री छनोट गर्न सहज वातावरण बनाउने उद्देश्य रहेको आई ब्युटीले जनाएको छ ।

‘एभ्रिथिङ यु निड, अन्डर वन रूफ’ अवधारणासहित सञ्चालनमा आएको आई ब्युटीका हाल केएल टावरको दोस्रो तल्ला, धुम्बाराही पिपलबोट र सिटी स्क्वायर सामाखुसीमा गरी तीनवटा शाखा छन् ।

कम्पनीले आई ब्युटीलाई सामान्य कस्मेटिक पसलका रूपमा मात्र नभई विभिन्न ब्रान्ड, उत्पादनको विविधता, सुविधा र पहुँचयोग्य मूल्यलाई एउटै स्थानमा जोड्ने प्रयासका रूपमा अघि बढाएको जनाएको छ ।