१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो News Polar बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित News Polar दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत News Polar ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’

पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा

पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा
अ अ+ अ-

काठमाडौँ, १७ असोज  : राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले वि.सं. २०६४ सालको पहिलो संविधानसभा निर्वाचन हुनुभन्दा दुई साताअघि तत्कालीन नेकपा (माओवादी) का शीर्ष नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहसँग गोप्य सहकार्यको प्रश्ताव पठाएको खुलासा गर्नुभएको छ ।

थापाले आफ्नो नयाँ पुस्तक ‘रिइम्याजिनिङ नेपाल’ मार्फत यो दाबी सार्वजनिक गर्नुभएको हो । पूर्वउपप्रधानमन्त्री थापाकाअनुसार २०६४ चैत २८ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनको प्रचारप्रसार चलिरहेकै बेला चैत ११–१२ गतेतिर डा. बाबुराम भट्टराईले उहाँलाई सम्पर्क गर्नुभएको थियो ।

अमृत साइन्स कलेजका सहपाठीसमेत रहेका डा. भट्टराईले काठमाडौँको बालाजुस्थित एक गोप्य स्थानमा थापासँग भेटवार्ता गरी ‘संविधानसभा चुनाव गरेर फाइदा नभएको’ भन्दै राजालाई मनाएर माओवादी नेतृत्वमा सरकार गठन गराउन मध्यस्थता गरिदिन आग्रह गरेका थिए । उक्त सन्देश लिएर आफू नारायणहिटी दरबार पुग्दा तत्कालीन राजा ज्ञानेन्द्रले यो प्रश्ताव बाबुराम भट्टराईको मात्र हो कि प्रचण्डको पनि भनी प्रश्न गरेको थापाले उल्लेख गर्नुभएको छ । त्यसलगत्तै भोलिपल्ट बिहान बालाजुमै प्रचण्ड र बाबुराम दुवैसँग संयुक्त भेट भएको र सो भेटमा प्रचण्डले समेत उक्त प्रश्तावको पुष्टि गर्दै राजासँग सहकार्यको वातावरण बनाउन आग्रह गरेको थापाको दाबी छ ।

थापाकाअनुसार सोही छलफलका क्रममा माओवादी नेताहरूले कम्बोडियाको जस्तो मोडल वा ‘सांस्कृतिक राजा’ को अवधारणा अघि सारेका थिए  । यद्यपि, राजा ज्ञानेन्द्रसमक्ष उक्त कुरा पु¥याउँदा ‘संसद्वादी प्रजातान्त्रिक शक्तिहरूलाई बाहिर राखेर (माइनस गरेर) माओवादीसँग मात्र हात नमिलाउने’ स्पष्ट अडान लिएपछि त्यो प्रयास त्यहीँ टुंगिएको थापाले पुस्तकमा उल्लेख गर्नुभएको छ । त्यस भेटको केही दिनपछि नै डा. भट्टराईले बुटवलको एक आमसभामा ‘सांस्कृतिक राजा’ को प्रसंग सार्वजनिक रूपमा उठाएको विवरणसमेत थापाले स्मरण गराउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘२०६४ सालको संविधानसभा निर्वाचनअघि मेरा सहपाठी डा. बाबुराम भट्टराईले मलाई भेटेर राजालाई मनाएर माओवादीसँग सहकार्य गरी सरकार गठन गर्न प्रश्ताव राख्न आग्रह गर्नुभयो । मैले राजालाई यो कुरा सुनाएँ । राजाले यो बाबुरामको मात्र प्रश्ताव हो कि प्रचण्डको पनि हो भनेर सोध्नुभयो । भोलिपल्ट बाबुराम र प्रचण्ड दुवैसँग भेट भयो। प्रचण्डले पनि यही प्रश्ताव सही भएको बताउनु भयो । राजसंस्थाको स्वरूपबारे कुरा हुँदा बाबुरामजीले ‘सांस्कृतिक राजा’को अवधारणा उल्लेख गर्नुभयो। तर पछि राजाले प्रजातान्त्रिक दलहरूलाई बाहिर राखेर माओवादीसँग मात्र सहकार्य नगर्ने बताएपछि यो प्रसंग त्यहीँ टुंगियो । २०६२-६३ को आन्दोलनका बेला राजाले सत्ता हस्तान्तरण गर्ने निर्णय गरिसकेको बताउँदै कुनै जनधनको क्षति नहोस् भन्नुभएको थियो । उहाँले स्पष्ट रूपमा भन्नुभएको थियो, कुनै जनधनको क्षति हुनु हुँदैन । अन्तिम चरणमा उहाँले भारतीय दूत आउँदा नयाँ प्रधानमन्त्रीसँग भेट हुनेगरी सत्ता हस्तान्तरण गर्ने बताउनुभएको थियो ।’

यसैगरी, पुस्तकमा २०६२/०६३ को जनआन्दोलन उत्कर्षमा पुगेको बेलाको अर्को संवेदनशील घटना पनि खुलासा गरिएको छ । तत्कालीन गृहमन्त्री थापाका अनुसार राजा ज्ञानेन्द्रले २०६३ वैशाख ६ गते नै आन्दोलनकारीलाई कुनै मानवीय क्षति हुन नदिई सत्ता हस्तान्तरण गर्ने निर्णय लिँदै पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई सरकारको नेतृत्व सुम्पने तयारी गरेका थिए । भारतीय प्रधानमन्त्रीका विशेष दूत डा. कर्ण सिंह नेपाल आउनुअघि नै नेपालले बाह्य दबाबबिना आफ्नै निर्णयबाट निकास निकालेको सन्देश दिन राजाले यस्तो रणनीति बनाएको थापाको दाबी छ । –न्युज एजेन्सी नेपाल