४ पुष २०८२, शुक्रबार
,
Latest
बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ चौध खेलाडीलाई छात्रवृत्ति प्रदान स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट ब्रिटिस काउन्सिलद्धारा नेपालमा आइइएलटिएस उपहार २०२५ का विजेताको घोषणा एमालेमा कार्यविभाजनको जिम्मेवारी सचिवालयलाई खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेक्सिकोका राष्ट्रपतिलाई पनि कोभिड–१९ संक्रमण



अ+ अ-

मेक्सिको सिटी ।  मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुए लोपेज ओब्राडोरलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । तर उहाँलाई कोभिड–१९ को सामान्य लक्षण मात्र देखिएको छ । 

सामाजिक संजालमा एक सन्देश दिँदै ६७ वर्षीय राष्ट्रपति ओब्राडोरले भन्नुभएको छ, “म कोभिड–१९ बाट संक्रमित भएको छु । मलाई देखिएका लक्षणहरु सामान्य छन् र मैले औषधि उपचार शुरु गरिसकेको छु ।”

बामपन्थी झुकाव राख्ने राष्ट्रपति ओब्राडोरलाई सार्वजनिक कार्यक्रमहरुमा बिरलै मास्कमा देखिन्छ । उहाँ महामारीको चरम अवस्थाका दिनहरुमा पनि दिनहुँजसो सार्वजनिक कार्यक्रमहरुमा उपस्थित हुने गर्नु भएको छ । 

उहाँ देशका विभिन्न भागमा निरन्तर भ्रमण गरिरहनु भएको छ भने शुक्रबार पनि उत्तर राज्य सान लुइस पोटोसीको भ्रमण गर्नु भएको थियो । 

राष्ट्रपति ओब्राडोर सन् २०१३ मा हृदयाघात भएको थियो भने उहाँलाई हाइपरटेन्सनको समस्या पनि छ । यस्ता रोगहरु भएका व्यक्तिलाई कोभिड–१९ को संक्रमण खतरनाक मानिन्छ । 

मेक्सिकोमा गत डिसेम्बर २४ देखि खोप अभियान शुरु भइसकेको छ । मेक्सिकोले फाइजरले उत्पादन गरेको खोपका अतिरिक्त अस्ट्राजेनिका र अक्सफोर्डले विकास गरेको खोप पनि प्रयोगमा ल्याउने जनाइसकेको छ । 

मेक्सिकोमा हालसम्म कोरोना संक्रमित झण्डै एक लाख ५० हजारको मृत्यु भइसकेको छ भने १७ लाख ६३ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । रासस