• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   बुद्धजयन्ती मनाइयो ★   नवराज वि.क.लाई सम्झदै जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाइयो ★   बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु ★   चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि ★   शम्भुजीत बास्कोटाको फिल्म ‘टासीदेलेक’को पोस्टर सगरमाथाबाट सार्वजनिक ★   महासङ्घ अध्यक्ष ढकालद्वारा जलवायुमैत्री लगानी बिस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह ★   मायादेवी पदमार्गको विकास र लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि मायादेवी ट्रेल रनको आयोजना ★   पक्की नहर बनेपछि फूलबारीका कृषकलाई सहज ★   साकेला उभौली: उल्लासमय बन्दै किराँत गाउँबस्ती ★   पोर्चुगलमा नेपाली रेष्टुराँलाई अन्तर्राष्ट्रिय अवार्ड

आईपीएलः दिल्लीले गुजरातलाई दोस्रो पटक हरायो



काठमाडौँ । कप्तान ऋषभ पन्त र अक्षर पटेलको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई दोस्रो पटक पराजित गरेको छ।

टोलीले चालु सिजनको ४० औं खेलमा टाइटन्सलाई ४ रनले पराजित गरेको हो । दिल्लीको यो सिजनमा चौथो जित हो । यो जितसँगै दिल्ली ८ अंकसहित अंक तालिकाको छैटौं स्थानमा पुगेको छ ।

अरुण जेटली स्टेडियममा बुधबार भएको खेलमा गुजरातले टस जितेर बलिङ रोजेको थियो । दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर २२५ रन बनायो । गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २२० रन मात्रै बनाउन सक्यो । खेलको प्लेयर अफ द म्याच ऋषभ पन्त भए । पन्तले ४३ बलमा ८८ रनको इनिङ खेले । यति मात्र होइन, उनले दुईवटा क्याच पनि लिए ।

जवाफी इनिङ्समा जीटीका डेभिड मिलर (५५ रन) र साई सुदर्शन (६५ रन)ले अर्धशतक बनाएका थिए । मिलरले २० बलमा आफ्नो अर्धशतक पूरा गरे। ओपनर ऋद्धिमान साहाले ३९ रनको योगदान दिए भने राशिद खान २१ रन बनाएर अविजित फर्किए ।

दिल्लीका रसिख सलामले ३ विकेट लिए भने कुलदीप यादवले २ विकेट लिए । एनरिके नोर्त्या, मुकेश कुमार र अक्षर पटेलले एक–एक विकेट लिए ।