• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   बेइजिङमा बुद्धजयन्ती मनाइयो ★   शीर्ष नेताहरुसँग परामर्शपछि संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन गठित संयन्त्रको बैठक बस्दै ★   कान्तिपुरका अध्यक्ष सिरोहियालाई दोस्रो पटक म्याद थप्न अदालत लगिँदै ★   संकटमा सञ्जुः हैदरावादविरुद्ध राजस्थानको टोली समस्यामा पर्न सक्ने ★   प्रतिपक्षीको अवरोधकैबीच प्रतिनिधि सभाबाट आज नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी ★   आईपीएल आजः फाइनल पुग्न राजस्थान र हैदरावादबीच भिडन्त ★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी

आईपीएलः दिल्लीले गुजरातलाई दोस्रो पटक हरायो



काठमाडौँ । कप्तान ऋषभ पन्त र अक्षर पटेलको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई दोस्रो पटक पराजित गरेको छ।

टोलीले चालु सिजनको ४० औं खेलमा टाइटन्सलाई ४ रनले पराजित गरेको हो । दिल्लीको यो सिजनमा चौथो जित हो । यो जितसँगै दिल्ली ८ अंकसहित अंक तालिकाको छैटौं स्थानमा पुगेको छ ।

अरुण जेटली स्टेडियममा बुधबार भएको खेलमा गुजरातले टस जितेर बलिङ रोजेको थियो । दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर २२५ रन बनायो । गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २२० रन मात्रै बनाउन सक्यो । खेलको प्लेयर अफ द म्याच ऋषभ पन्त भए । पन्तले ४३ बलमा ८८ रनको इनिङ खेले । यति मात्र होइन, उनले दुईवटा क्याच पनि लिए ।

जवाफी इनिङ्समा जीटीका डेभिड मिलर (५५ रन) र साई सुदर्शन (६५ रन)ले अर्धशतक बनाएका थिए । मिलरले २० बलमा आफ्नो अर्धशतक पूरा गरे। ओपनर ऋद्धिमान साहाले ३९ रनको योगदान दिए भने राशिद खान २१ रन बनाएर अविजित फर्किए ।

दिल्लीका रसिख सलामले ३ विकेट लिए भने कुलदीप यादवले २ विकेट लिए । एनरिके नोर्त्या, मुकेश कुमार र अक्षर पटेलले एक–एक विकेट लिए ।