११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी

सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी
अ अ+ अ-

काठमाडौँ । सहकारीको रकम हिनामिना प्रकरणको छानविनका लागि गठन गर्न लागिएको संसदीय छानविन समितिको कार्यादेश बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठक निष्कर्षविहिन बनेको छ ।

बिहीवार सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको कार्यदलको बैठकमा ठोस सहमति जुट्न नसकेको हो । संसदीय समितिमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने माग गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस आफ्नो माग बाट पछि हटेको छैन भने सत्तारुढ दलहरुले गृहमन्त्रीको नाम नलेखि सहकारीको नामसम्म लेख्न सकिने प्रश्ताव गरेपनि बैठकले कुनै निष्कर्ष निकाल्न नसकेको हो । बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै नेपाली काँग्रेसका तर्फबाट कार्यदल सदस्य रहनुभएका सांसद जीवन परियारले गृहमन्त्रीको नाम उल्लेख नगरी काँग्रेस सहमति गर्न नसक्ने बताउनु भयो । उहाँले नाम उल्लेख नगरी गोलमोटल भाषामा छानविन अगाडी बढ्न नसक्ने धारणा आफ्नो तर्फबाट राखेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘हामीले स्पष्ट रुपमा भनेका छौँ कि जसका बारेमा छानविन समिति बनाउनुपर्छ भनेर हामीले उठाएका हौँ । जबसम्म त्यहाँ पुग्दैन तबसम्म हामी मान्दैनौँ । मैले आज पनि त्यही कुरा राखेँ । उहाँहरुले केही प्रस्तावहरु राख्नुभएको छ मौखिक रुपमा । नाम नराखीकन पनि हामी छानविनको दायरालाई अगाडी बढाउन सक्छौँ भन्ने उहाँहरुको आशय छ । हामीले यस्तो गोलमोटल भाषाले छानविन अगाडी बढ्न सक्दैन । त्यसकारणले स्पष्ट रुपमा उपप्रधानमन्त्री एवं गृहमन्त्री उक्त अपचलनमा सहभागि हुनुहुन्छ । बरु काँग्रेसले नै आरोप लगाएको छ भन्ने भाषा पारौँ न बरु । त्यो पनि हामीलाई आपत्ति छैन । हामीले हुने लचकता भनेको त यिनै कुरा न हुन् । तर सम्बन्धित व्यक्तिको बारेमा छानविन नगरिकन नेपाली काँग्रेस पार्टीले कार्यदलमा सहमती गर्ने अवस्था छैन ।‘

त्यस्तै कार्यदल सदस्य तथा नेकपा(एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्रीको नाम राख्ने विषयमा सहमती जुट्न नसकेको बताउनु भयो । यद्यपी उहाँले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस सहमतीको नजिक आएको दाबी गर्नुभयो । शुक्रवार (भोलि) बिहान साढे बजे बस्ने बैठकमा निर्णय गर्नेगरी काम अगाडी बढेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘आज दुवै पक्षले आफ्ना केही विषयहरुबाट मुलतः नेपाली काँग्रेसको तर्फबाट भनौँ, हामीले सहकारीको नामहरु राख्ने, सार्वजनिक रुपमा प्रश्न उठेका सहकारीका सन्दर्भमा उहाँहरुले संसदमा जे–जे विषय उठाउनुभएको छ, ति विषय राखेर जानमा कुनै असहज भएमा । तर नाम नै राख्ने विषयमा चाहीँ अहिलेसम्मको जे हाम्रो असहमती थियो त्यो कुरामा प्रमुख प्रतिपक्षको तर्फबाट केही सहजता थोरै लचकताजस्तो पाएका छौँ । भोलि साढे ८ बजे बैठक बस्ने र भोलिको बैठक यो कार्यदलको अन्तिम बैठक बनाएर निर्णय गरेर ११ बजे संसद खोल्ने भनेका छौँ । हाम्रो कुरा पहिले नै गृहमन्त्रीमाथि छानविन गर्ने भन्ने कुरा चाहीँ तिमी दोषि हौँ । कति मात्रामा तिमिले अपराध गरेका छौँ भन्ने ठाउँबाट अध्ययन गर्ने भयो । त्यो पाटो मिलेन भन्ने ठाउँबाट आज उहाँहरु लचक हुनुभएको छ । सहमतीको नजिक पुग्ने अवस्था बनेको छ ।’

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पनि सहमतिमा आउनका लागि प्रमुख प्रतिपक्ष दल सकारात्मक भएको दाबी गर्नुभयो । उहाँले व्यक्तिकेन्द्रित गरेर छानविन गर्दा न्यायोचित नहुने आफूहरुको मान्यता कायम रहेको बताउनु भयो ।

शुक्रवार बिहान ११ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ । सो बैठक अगाडी कार्यदलको बैठक बसेर सहमतिको लागि प्रयास गर्ने नेताहरुले बताएका छन् ।