• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड

सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी



काठमाडौँ । सहकारीको रकम हिनामिना प्रकरणको छानविनका लागि गठन गर्न लागिएको संसदीय छानविन समितिको कार्यादेश बनाउने जिम्मेवारी पाएको कार्यदलको बैठक निष्कर्षविहिन बनेको छ ।

बिहीवार सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको कार्यदलको बैठकमा ठोस सहमति जुट्न नसकेको हो । संसदीय समितिमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने माग गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस आफ्नो माग बाट पछि हटेको छैन भने सत्तारुढ दलहरुले गृहमन्त्रीको नाम नलेखि सहकारीको नामसम्म लेख्न सकिने प्रश्ताव गरेपनि बैठकले कुनै निष्कर्ष निकाल्न नसकेको हो । बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै नेपाली काँग्रेसका तर्फबाट कार्यदल सदस्य रहनुभएका सांसद जीवन परियारले गृहमन्त्रीको नाम उल्लेख नगरी काँग्रेस सहमति गर्न नसक्ने बताउनु भयो । उहाँले नाम उल्लेख नगरी गोलमोटल भाषामा छानविन अगाडी बढ्न नसक्ने धारणा आफ्नो तर्फबाट राखेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘हामीले स्पष्ट रुपमा भनेका छौँ कि जसका बारेमा छानविन समिति बनाउनुपर्छ भनेर हामीले उठाएका हौँ । जबसम्म त्यहाँ पुग्दैन तबसम्म हामी मान्दैनौँ । मैले आज पनि त्यही कुरा राखेँ । उहाँहरुले केही प्रस्तावहरु राख्नुभएको छ मौखिक रुपमा । नाम नराखीकन पनि हामी छानविनको दायरालाई अगाडी बढाउन सक्छौँ भन्ने उहाँहरुको आशय छ । हामीले यस्तो गोलमोटल भाषाले छानविन अगाडी बढ्न सक्दैन । त्यसकारणले स्पष्ट रुपमा उपप्रधानमन्त्री एवं गृहमन्त्री उक्त अपचलनमा सहभागि हुनुहुन्छ । बरु काँग्रेसले नै आरोप लगाएको छ भन्ने भाषा पारौँ न बरु । त्यो पनि हामीलाई आपत्ति छैन । हामीले हुने लचकता भनेको त यिनै कुरा न हुन् । तर सम्बन्धित व्यक्तिको बारेमा छानविन नगरिकन नेपाली काँग्रेस पार्टीले कार्यदलमा सहमती गर्ने अवस्था छैन ।‘

त्यस्तै कार्यदल सदस्य तथा नेकपा(एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्रीको नाम राख्ने विषयमा सहमती जुट्न नसकेको बताउनु भयो । यद्यपी उहाँले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस सहमतीको नजिक आएको दाबी गर्नुभयो । शुक्रवार (भोलि) बिहान साढे बजे बस्ने बैठकमा निर्णय गर्नेगरी काम अगाडी बढेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘आज दुवै पक्षले आफ्ना केही विषयहरुबाट मुलतः नेपाली काँग्रेसको तर्फबाट भनौँ, हामीले सहकारीको नामहरु राख्ने, सार्वजनिक रुपमा प्रश्न उठेका सहकारीका सन्दर्भमा उहाँहरुले संसदमा जे–जे विषय उठाउनुभएको छ, ति विषय राखेर जानमा कुनै असहज भएमा । तर नाम नै राख्ने विषयमा चाहीँ अहिलेसम्मको जे हाम्रो असहमती थियो त्यो कुरामा प्रमुख प्रतिपक्षको तर्फबाट केही सहजता थोरै लचकताजस्तो पाएका छौँ । भोलि साढे ८ बजे बैठक बस्ने र भोलिको बैठक यो कार्यदलको अन्तिम बैठक बनाएर निर्णय गरेर ११ बजे संसद खोल्ने भनेका छौँ । हाम्रो कुरा पहिले नै गृहमन्त्रीमाथि छानविन गर्ने भन्ने कुरा चाहीँ तिमी दोषि हौँ । कति मात्रामा तिमिले अपराध गरेका छौँ भन्ने ठाउँबाट अध्ययन गर्ने भयो । त्यो पाटो मिलेन भन्ने ठाउँबाट आज उहाँहरु लचक हुनुभएको छ । सहमतीको नजिक पुग्ने अवस्था बनेको छ ।’

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पनि सहमतिमा आउनका लागि प्रमुख प्रतिपक्ष दल सकारात्मक भएको दाबी गर्नुभयो । उहाँले व्यक्तिकेन्द्रित गरेर छानविन गर्दा न्यायोचित नहुने आफूहरुको मान्यता कायम रहेको बताउनु भयो ।

शुक्रवार बिहान ११ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ । सो बैठक अगाडी कार्यदलको बैठक बसेर सहमतिको लागि प्रयास गर्ने नेताहरुले बताएका छन् ।