• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo

शीर्ष नेताहरुसँग परामर्शपछि संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन गठित संयन्त्रको बैठक बस्दै



काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गरिने संसदीय छानबिन समितिको क्षेत्राधिकार टुंगो लगाउन गठित कार्यदलको बैठक आज पनि बस्दै छ ।

सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक बस्न लागेको हो । समितिको कार्यादेश तय सत्तापक्ष र विपक्षीले कानुनमन्त्री पदम गिरीको संयोजकत्वको कार्यदल गठन गरेका थिए ।

यसअघि हिजोकाे बैठकमा कार्यदलका सदस्यहरूबीच छलफल भए पनि सहमति जुट्न सकेको थिएन । शीर्ष नेताहरूको परामर्शपछि आज बस्ने सहमति भने भएको थियो ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडान राखेको छ ।