१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कान्तिपुरका अध्यक्ष सिरोहियालाई दोस्रो पटक म्याद थप्न अदालत लगिँदै



अ+ अ-

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई दोस्रो पटक म्याद थपका लागि आज प्रहरीले धनुषा जिल्ला अदालतमा उपस्थित गराउँदै छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखिएका अध्यक्ष सिरोहियालाई ११ बजेपछि अदालत उपस्थित गराउन लागिएको हो ।

नागरिकतासम्बन्धी विषयमा उजुरी परेपछि प्रहरीले गत मंगलबार सिरोहियालाई काठमाडौंबाट पक्राउ गरी धनुषा लगेको हो ।

उनलाई बुधबार अदालतमा उपस्थित गराएर थप अनुसन्धानका लागि तीन दिनको समय पाएको प्रहरीले आज पनि थप म्याद चाहिने भन्दै अदालत जान लागेको हो ।

धनुषा प्रहरीले हिरोहियामाथि बयान लिने काम चलिरहेको जनाएको छ ।